default_image

4 years ago

September 29, 2021

ओलम्पियन्स संघको अध्यक्षमा विष्ट निर्वाचित

326 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– दीपक विष्ट नेपाल ओलम्पियन्स संघको अध्यक्ष निर्वाचित भएका छन् । बुधबार भएको संघको निर्वाचनमा विष्टले नेपाल ओलम्पिक कमिटी (एनओसी) का पूर्व उपाध्यक्ष रविराज थापालाई पराजित गरेका हुन् ।

त्यस्तै उपाध्यक्षमा प्रविन तुलाधर विजयी भएका छन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) मा आबद्ध ओलम्पियन्स संघमा महिला उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष भने निर्विरोध भइसकेको छ । महिला उपाध्यक्षमा संगिना वैद्य, महासचिवमा राजेन्द्र भण्डारी, सचिवमा देवु थापा र कोषाध्यक्षमा स्नेहा राणा निर्विरोध चयन भएका थिए । २ उपाध्यक्षमा एक महिला अनिवार्य छ । जसमा संगिना चुनिसकेकी छन् भने अर्को एक उपाध्यक्षका लागि रघुराज वन्त र प्रविण तुलाधरबीच प्रतिस्पर्धा भएको थियो ।

सदस्यमा सफलराम श्रेष्ठ, कान्छीमाया कोजी, राजकुमारी पाण्डे, प्रमिला रिजाल, विष्णुबहादुर सिंह, टिकाराम श्रेष्ठ, रन्जन श्रेष्ठ, विमला रानामगर र मुकुन्द हरी श्रेष्ठ निर्वाचित भएका छन् ।

त्यस्तै ३ महिलासहित ९ सदस्यका लागि १२ जनाको उम्मेदवारी परेको थियो । समान ५ महिला र पुरुषले उम्मेदवारी दिएका छन् । राजकुमारी पाण्डे, विमला रानामगर, कान्छीमाया कोजु, फूलमाया क्याप्चाकी, प्रमिला रिजाल, मुकुन्द हरि श्रेष्ठ, विष्णुबहादुर सिंह, टीकाराम श्रेष्ठ, कमलबहादुर अधिकारी, रन्जन श्रेष्ठ, सफलराम श्रेष्ठ र राजेन्द्र प्रधानले सदस्यमा उम्मेदवारी दिएका थिए ।

निर्वाचनमा ५९ ओलम्पियनसँग मताधिकार रहेको थियो । प्रत्यक्ष वा अनलाइन दुवैबाट मत दिन सक्ने व्यवस्था मिलाइएको थियो । झन्डै दशक अघि सुनिललाल जोशीको अध्यक्षतामा ओलम्पियन्स संघ गठन भएको थियो । २०७४ जेठ २६ गते जोशीको निधन भएदेखि झण्डै दुई वर्ष संघ नेतृत्वविहन थियो । २०७६ जेठ २९ मा तत्कालिन उपाध्यक्षलाई संघको कार्यवहाक अध्यक्ष तोकिएको थियो । राखेपमा दर्ता त्यो एसोसियनलाई एनओसीले पनि मान्यता दिएको थियो ।

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

Success

Thank you for your time.