4 years ago
October 8, 2021
काठमाडौं हाम्रो खेलकुद) – नेकपा माओवादी केन्द्रका महेश्वर जंग गहतराज युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्री परिषद् विस्तारको लागि सिफारिस गर्दा गहतराजलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएको पाएका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवाको सिफारिसमा गहतराजसहित १६ मन्त्री र २ राज्यमन्त्रीलाई शुक्रबार नियुक्त गरेकी हुन् । बाँके क्षेत्र नंम्बर १ बाट निर्वाचित गहतराज पहिलो पटक मन्त्री बनेका हुन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष समेत रहने मन्त्री गहतराजले राखेप बोर्डको बैठकबाट नवौं राष्ट्रिय खेलकुदको मिति तय गर्नुपर्ने हुन्छ । गत वर्ष गठन भएको राखेपको अहिले सम्म बैठक बस्न सकेको छैन ।
तत्कालिन मन्त्री कृष्णगोपाल श्रेष्ठले असार ३० गते राखेप बोर्ड बैठकको डाकेपछि पछि सरकार ढलेपछि राखेप बैठक स्थगित भएको थियो । राखेप सदस्य सचिव रमेश सिलवालले फागुनमा नवौं राष्ट्रिय खेलकुद आयोजना गर्ने गरि तयारी भइरहेको बताएपनि राखेप बोर्डले औपचारिक निर्णय भने गरेको छैन । नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशले आयोजनाको जिम्मेवारी पाएको छ ।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]