default_image

2 years ago

October 12, 2021

वान टिम वान गोललाई फुटबल उपाधि

एन के शरद, रौतहट वान टिम वान गोल क्लब बटुवाले सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ । लगानशिल युवा क्लब भट्टिरागीलाई १–० ले हराउँदै वान टिम वान गोल क्लबले उपाधि जितेको हो । प्रदेश नं २ को रौतहट हिमालीबास फुटबल मैदानमा भएको फाइलनमा सुखारी चौधरीको गोलमा वान टिम वान गोल क्लब च्याम्पियन बनेको […]

24 views

0 Bookmark

एन के शरद, रौतहट

वान टिम वान गोल क्लब बटुवाले सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ । लगानशिल युवा क्लब भट्टिरागीलाई १–० ले हराउँदै वान टिम वान गोल क्लबले उपाधि जितेको हो । प्रदेश नं २ को रौतहट हिमालीबास फुटबल मैदानमा भएको फाइलनमा सुखारी चौधरीको गोलमा वान टिम वान गोल क्लब च्याम्पियन बनेको थियो ।

विजेता टोलीले उपाधिसहित २० हजार र दोस्रो टोलीले १० हजार रुपैयाँ प्राप्त गर्यो । फाइनलमा गोल गरेका सुखारी खेलको म्यान अफ दी म्याच चुनिाएका थिए भने लगनशिल युवा क्लबका चन्दन चौधरी प्रतियोगिताका उत्कृष्ट खेलाडी चुनिएका थिए । प्रतियोगितालाई सगुन बेकरी क्याफे चपुर, चंखे रेष्टुरेन्ट निजगढ, देव होटल कोल्भी, श्रेष्ठ हार्डवेय हिमालीबास, दिलु कस्मेटिक हिमाली बजार, मनकामना सुनचाँदी पसल कोल्भीले प्रायोजन गरेको थियो ।

जेष्ठ नागरिक रत्नबहादुर श्रेष्ठ, आयोजक क्लबका अध्यक्ष अर्जुन श्रेष्ठ र सुशील लम्साललगायतले विजेता उपविजेता टोलीका खेलाडीलाई पुरस्कृत गरे । सरोज भुजेल रेफ्री रहेको फाइनलमा प्रल्हाद खरेल र समिर भुजेल सह रेफ्री रहेका थिए । स्थानिय दर्शकको उल्लेख उपस्थितिमा रहेको थियो । हिमाली युवा क्लब दुवाराको आयोजनामा असोज १३ गतेबाट सुरु भई मंगलबार सम्पन्न भएको प्रतियोगितामा १४ टोलीको सहभागिता थियो ।

March 28, 2024

सुष्मा सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेशकी सुष्मा तामाङ र कर्णाली प्रदेशकी अस्मिता दुवाल छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा जारी प्रतियोगितामा बिहिबार महिला ५० केजीमा सुष्माले मधेश प्रदेशकी मनीषा राई तथा अस्मिताले एपीएफकी सन्जुमाया थिङलाई पराजित गर्दै अन्तिम चारको यात्रा तय गरे । महिला ५४ […]

March 28, 2024

भलिबल संघ र केल्मीबीचको सम्झौता नविकरण

काठमाडौं (हाम्रो खेलकुद)– अन्तर्राष्ट्रिय खेल पोशाक तथा सामग्री निमार्ण कम्पनी केल्मी स्पोर्टस प्रोडक्ट कम्पनीले राष्ट्रिय खेल भलिबललाई आफ्नो प्रायोजनमा निरन्तरता दिएको छ । केल्मीको नेपालका लागि आधिकारिक विक्रेता कामारु ट्रेडिङ प्राली र नेपाल भलिबल संंघबीच बिहीबार ३ वर्षका लागि सम्झौता नविकरण भएको हो । कामारुका निर्देशक प्रदीप न्यौपाने र संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दले सम्झौता पत्रमा […]

March 28, 2024

राष्ट्रपतिलाई निमन्त्रणा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन समारोहको प्रमुख अतिथिका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई बिहीबार निमन्त्रणा गरेको छ । राखेपको आयोजनामा १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता वैशाख ४ देखि ६ गते काठमाडौंमा हुँदैछ । सदस्य सचिव टंकलाल घिसिङले शितल निवासमा राष्ट्रपति […]

Success

Thank you for your time.