default_image

2 years ago

October 17, 2021

चरिकोटमा रिङ रेस्लिङ च्याम्पियनसिप हुने

काठमाडौं (हाम्रो खेलकुद)– दोलखाको चरिकोटमा अर्को झण्डै दुई सातापछि पहिलो हाइ अल्टिच्युट आरडब्लू च्याम्पियनसिप आयोजना हुने भएको छ । नेपाल रिङ रेस्लिङ संघ र प्रदेश खेलकुद विकास परिषद्को संयुक्त आयोजना कात्तिक १३ गते चरिकोटको भ्यू टावरस्थित फुटमैदानमा च्याम्पियनसिप आयोजना हुने आइतबार चरिकोटमा पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो । कोभिड महामारीले थलिएको पर्यटन प्रबर्दनका लागि च्याम्पियनसिपले सहयोग […]

81 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– दोलखाको चरिकोटमा अर्को झण्डै दुई सातापछि पहिलो हाइ अल्टिच्युट आरडब्लू च्याम्पियनसिप आयोजना हुने भएको छ ।

नेपाल रिङ रेस्लिङ संघ र प्रदेश खेलकुद विकास परिषद्को संयुक्त आयोजना कात्तिक १३ गते चरिकोटको भ्यू टावरस्थित फुटमैदानमा च्याम्पियनसिप आयोजना हुने आइतबार चरिकोटमा पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो ।

कोभिड महामारीले थलिएको पर्यटन प्रबर्दनका लागि च्याम्पियनसिपले सहयोग पुग्ने अपेक्षा राखेको छ । एक दिनको च्याम्पियनसिपमा नुवाकोटे टाइगर, थाग, डेभिड, साइन, टुप्पी ग्याङ, एक्स हिरो, लेडी एञ्जल, तन्नु, सिजे, एससी, जोनलगायतको अन्य महिला र पुरुष खेलाडीको सहभागिता रहने नेपाल रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिइन् ।

२९ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको च्याम्पियनसिपमा ५ लाख २५ हजार पुरस्कार रहेको बताइएको छ । च्याम्पियनसिपको हेभी वेट च्याम्पियनले १ लाख ५० हजार, हाइस्कोर च्याम्पियनले १ लाख २० हजार, मिडल वेट च्याम्पियनले ८५ हजार, ट्याग टिम च्याम्पियनले ७५ हजार, लाइटवेट च्याम्पियनले ५० हजार, ट्रिपल थ्रेट च्याम्पियनले ४५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

च्याम्पियनसिप सञ्चालनका लागि आयोजकले राष्ट्रिय खेलकुद परिषद् (राखेप), भिमेश्वर नगरपालिकालगायत दोलखाका स्थानिय तह , नीजि क्षेत्र र अन्यले सहयोग गर्ने अपेक्षा राखेको जनाएको छ । रिङ रेस्लिङ विकासका लागि संघले एकेडेमी सञ्चालन समेत गर्दै आएको छ । संघले गत वर्ष पोखरामा र यसैबर्षको सुरुवातमा नुवाकोटको सूर्य चौरमा च्याम्पियनसिपको आयोजना गरेको थियो । पछिल्लो समय रिङ रेस्लिङको लोकप्रियता बढ्दै गएको संघको दाबी छ ।

March 29, 2024

पिंक केयरएथन अर्को महिना हुने

काठमाडौं (हाम्रो खेलकुद)- महिलाहरुको स्वास्थ्य एवं फिटनेशमा सचेतना जगाउने उद्देश्यले अर्को महिना ‘काठमाडौं पिंक केयरएथन’ हुने भएको छ । लेजर पोर्ट नेपालले नेपाल प्रहरी श्रीमती संघसँगको सहकार्यमा वैशाख ८ गते केयरएथन गर्न लागेको हो । काठमाडौं पिंक केयरएथनमा महिलाहरुको दौड, जुम्बालगायतका विभिन्न कार्यक्रम आयोजना हुनेछ । यस पटकको कार्यक्रममा ३ किलोमिटर, ५ किलोमिटर र १० […]

March 28, 2024

सुष्मा सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेशकी सुष्मा तामाङ र कर्णाली प्रदेशकी अस्मिता दुवाल छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा जारी प्रतियोगितामा बिहिबार महिला ५० केजीमा सुष्माले मधेश प्रदेशकी मनीषा राई तथा अस्मिताले एपीएफकी सन्जुमाया थिङलाई पराजित गर्दै अन्तिम चारको यात्रा तय गरे । महिला ५४ […]

March 28, 2024

भलिबल संघ र केल्मीबीचको सम्झौता नविकरण

काठमाडौं (हाम्रो खेलकुद)– अन्तर्राष्ट्रिय खेल पोशाक तथा सामग्री निमार्ण कम्पनी केल्मी स्पोर्टस प्रोडक्ट कम्पनीले राष्ट्रिय खेल भलिबललाई आफ्नो प्रायोजनमा निरन्तरता दिएको छ । केल्मीको नेपालका लागि आधिकारिक विक्रेता कामारु ट्रेडिङ प्राली र नेपाल भलिबल संंघबीच बिहीबार ३ वर्षका लागि सम्झौता नविकरण भएको हो । कामारुका निर्देशक प्रदीप न्यौपाने र संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दले सम्झौता पत्रमा […]

Success

Thank you for your time.