4 years ago
October 18, 2021
प्रकाश तिमल्सिना, काठमाडौं
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवका हैसियतमा विदेश यात्रामा रहेका रमेश सिलवालको स्वदेश फर्कदा भने पद नै नरहने भएको छ । माल्दिभ्सबाट स्वदेश फर्कने क्रममै उनी सदस्य सचिवबाट बर्खास्तमा परेका हुन् । मन्त्री परिषद्को सोमबार बसेको बैठकले सिलवाललाई बर्खास्त गर्ने निर्णय गरेको युवा तथा खेलकुद मन्त्री महेश्वर गहराजले जानकारी दिए ।

राष्ट्रिय फुटबल टोली सहभागी साफ च्याम्पियनसिपको फाइनल हेर्न सिलवाल असोज २९ गते अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङसँगै माल्दिभ्स पुगेका थिए । फुटबल टोलीले भने आज बिहानै स्वदेश आइपुगिसकेको छ । सिलवालको हवाई टिकट अनुसार आज राती ९:३० बजे उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनेछन् ।
फुटबल टोलीसँग सिलवालको यो दोस्रो यात्रा हो । यसअघि इराकविरुद्धको मैत्रीपूर्ण खेल र कुवेतमा भएको विश्व कप तथा एसियन कप छनोटका क्रममा पनि पूरा टुरमा उनी टोलीका साथ नै थिए । मन्त्री गहतराजले सिलवालको काम प्रति सरकार सन्तुष्ट हुन नसकेका कारण बर्खास्त गरेको बताएका छन् । ‘मन्त्रालय र राखेपबीच उहाँले समन्वय गर्न सक्नुभएन’, खेलकुद मन्त्रीले भने, ‘खेल क्षेत्रको विकासका लागि उहाँले गर्नु भएको प्रतिबद्धता अनुसार काम हुन नसकेपछि बर्खास्त गरेका हौं ।’
सिलवाललाई स्पष्टिकरणको मौका दिइएको र जवाफ सन्तोषजनक हुन नसकेको मन्त्री गहराजको भनाई छ । ‘हामीले उहाँलाई सफाईको मौका दिएका थियौं । मन्त्रीपरिषदले स्पष्टिकरण मन्त्रालय मार्फत मागेको थियो’, उनले भने, ‘तर उहाँले आफ्नो प्रतिबद्धता अनुसार काम गरेको पाइएन । कानुन सम्मत र स्पिरिट अनुसार देखिएन । मन्त्रीपरिषदमा उहाँको स्पष्टिकरणको जवाफको छलफल भयो । तर चित्त बुझ्ने अवस्था भएन । त्यसैले हटाइयो ।’

मन्त्री गहतराजले अब राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार नयाँ सदस्य सचिव नियुक्त हुने र उनकै नवौं राष्ट्रिय खेलकुद आयोजना गरिने पनि जानकारी दिए । नयाँ ऐन अनुसार सिलवाल गत वर्ष साउन १२ गते दोस्रो पटक सदस्य सचिव नियुक्त भएका थिए । तत्कालिन मन्त्री परिषद्ले ३ जनाबाट उनलाई छनोट गरेको थियो ।
गत वर्ष पदमुक्त भएको झन्डै तीन सातापछि उनी सदस्य सचिव पुनः नियुक्त भएका थिए । मन्त्री परिषदबाट नियुक्त हुने पहिलो सदस्य सचिव बनेका सिलवालको पदावधि ४ वर्ष भएपछि झन्डै ३ वर्ष समय बाँकी रहँदै बर्खास्तमा परेका हुन् । नयाँ ऐन अनुसार युवा तथा खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा रहने सिफरिस समितिले एक महिलासहित ३ जना नाम मन्त्री परिषद्लाई सिफारिस गर्नेछ ।
खेलकुद ऐनमा राखेपको सदस्यसचिवका लागि पाँचवटा मापदण्ड तोकिएको छ । जसमा नेपाली नागरिक, स्नातक उत्तीर्ण, ३० वर्ष पूरा भएको, कम्तीमा पाँच वर्ष खेलकुदको अनुभव र प्रचलित कानुनले अयोग्य नभएको हुनुपर्ने उल्लेख छ ।
पहिलो पटक २०७६ असार २३ गते सदस्य सचिव नियुक्त भएका सिलवाल गत वर्ष असार १८ गते नयाँ ऐनको कार्यन्वयनसँगै पदमुक्त भएका थिए । उनको नेतृत्वमा नेपालले २०७६ मंसिर १५ देखि २४ सम्म १३ औं दक्षिण एसियाली खेलकुद आयोजना गरेको थियो । सिलवाल पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वास पात्र मानिन्छन् ।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]