default_image

3 years ago

October 22, 2021

खेलाडीसँग पूर्व राजपरिवारको चियापान

काठमाडौं (हाम्रो खेलकुद) – हिमानी कोषले शुक्रबार तिहार र छठको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्दा खेलाडीहरुलाई पनि महत्वका साथ निमन्त्रणा गरिएको थियो । झण्डै दुई वर्ष स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेतासहित ओलम्पियन, पूर्व खेलाडीलगायतलाई निमन्त्रणा गरिएको थियो । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष एवंम् […]

62 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – हिमानी कोषले शुक्रबार तिहार र छठको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्दा खेलाडीहरुलाई पनि महत्वका साथ निमन्त्रणा गरिएको थियो ।

झण्डै दुई वर्ष स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेतासहित ओलम्पियन, पूर्व खेलाडीलगायतलाई निमन्त्रणा गरिएको थियो । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष एवंम् आठौं र नवौं सागका स्वर्ण पदक विजेता दीपक श्रेष्ठका अनुसार कोषले खेलाडीलाई कार्यक्रममा सहभागी हुन व्यक्तिगत निमन्त्रणा कार्ड पठाएको थियो ।

पूर्व युवराज्ञी हिमानी शाह अध्यक्ष रहेको कोषको कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्र शाह, पूर्व युवराज पारस शाहको पनि उपस्थिति थियो । कोषले कला, खेलकुद तथा साहित्यिक क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुसँग शुभकामना आदान प्रदानका लागि कार्यक्रम आयोजना गरेको थियो ।
सोल्टी होटलमा भएको कार्यक्रममा औपचारिक कार्यक्रम भने नरहेको खेलाडी संघका अध्यक्ष श्रेष्ठले बताए ।

हिमानी शाहले नै अतिथिहरुलाई स्वागत गरेकी थिइन् । पूर्व राजाले खेलाडीसहित आमन्त्रित अधिकांशसँग अनौपचारिक कुराकानी गर्दै तस्बिर समेत खिचाएका थिए । पारस शाह, हिमानी शाहसँग पनि खेलाडी, कलाकारले तस्बिर खिचाएका थिए । श्रेष्ठले कोषले पहिलो पटक खेलाडीहरुलाई कार्यक्रममा बोलाएको बताए ।

१३ औं सागमा नेपालले ५१ स्वर्णसहित २ सय ७ पदक जितेको थियो । सन् १९८४ बाट सुरु भएको सागमा नेपालले सबैभन्दा बढी पदक १३ औं सागमा जितेको थियो । पदक तालिकामा नेपाल भारतपछि दोस्रो स्थानमा रहेको थियो ।

April 24, 2024

यु २२ एसियाली बक्सिङ च्याम्पियनसिप- ८ मध्ये ३ खेलाडीलाई मात्र मौका

काठमाडौं (हाम्रो खेलकुद) – सुरुमा ८ खेलाडीले भाग लिने भनिएपनि उज्वेकिस्तानमा शनिबार सुरु हुने एएसबीसी यु २२ एसियाली बक्सिङ च्याम्पियनसिप ३ नेपाली खेलाडीले मात्र चुनौती पेश गर्ने भएका छन् । गत साता एसियाली बक्सिङ महासंघले च्याम्पियनसिपमा नेपालका ८ खेलाडीले भाग लिने भन्दै नाम सार्वजनिक गरेको थियो । तर नेपाल बक्सिङ महासंघका महासचिव मानबहादुर भण्डारीले पदक […]

April 24, 2024

सागका स्वर्ण पदक विजेतासहितका खेलाडी जापान जाने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको तेक्वान्दो टिमले जापानमा हुने २० औं वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा भाग लिने भएको छ । जापान वाटाको आयोजनामा हुने सो प्रतियोगितामा अल जापान तेक्वान्दो संघ र ओसाका तेक्वान्दो संघको सहयोग रहनेछ । नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्काले २४ देशको सहभागिता रहने सो प्रतियोगितामा खेल्न १५ सदस्यीय नेपाली तेक्वान्दो […]

April 24, 2024

थ्री बाइ बास्केटबल टोली चीन जाने

काठमाडौं (हाम्रो खेलकुद) – बोर्डर सिङफु भिलेज स्पोर्ट्स कार्निभलअन्तर्गत पुरुष थ्री बाइ थ्री बास्केटबलमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय टोली बिहीबार चीनको युन नान प्रस्थान गर्ने भएको छ । विजय बुर्जा कप्तान रहेको टोलीको अन्य खेलाडीमा निकेश मगर, मनीष केसी र निश्चल महर्जन रहेका छन् । प्रशिक्षकमा सुशिल गुरुङ छन् । बुधबारदेखि सुरु भइसकेको […]

Success

Thank you for your time.