default_image

2 years ago

October 22, 2021

ए डिभिजनका ३ क्लबले बेलबारी गोल्ड कप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – मोरङको डागिहाट युथ क्लबको आयोजनामा अर्को साताबाट चौथो अन्तर्राष्ट्रिय आमान्त्रण बेलबारी गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ । बुद्ध एयरको मुख्य प्रायोजनमा कात्तिक ११ गते सुरु हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ । लक्ष्मीमार्ग रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा ए डिभजिन टोली च्यासल युथ क्लब र झापाको रोलिङ क्लब […]

110 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मोरङको डागिहाट युथ क्लबको आयोजनामा अर्को साताबाट चौथो अन्तर्राष्ट्रिय आमान्त्रण बेलबारी गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ । बुद्ध एयरको मुख्य प्रायोजनमा कात्तिक ११ गते सुरु हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ ।

लक्ष्मीमार्ग रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा ए डिभजिन टोली च्यासल युथ क्लब र झापाको रोलिङ क्लब धुलाबारीबीच हुने आयोजकले जनाएको छ । त्यो समूहमा अर्को ए डिभिजन टोली हिमालयन शेर्पा क्लब र उदपुरको गाइघाट फुटबल क्लब रहेको छ । त्यस्तै अर्को समूहमा ए डिभिजन टोली समेत रहेको एपिएफ क्लब, भारत पश्चिम बंगालको आमुक्त परिवार, रारा फुटबल क्लब र आयोजक डागिहाट युथ क्लब रहेका छन् ।

टुबोर्ग प्रायोजक रहेको प्रतियोगिताको मुख्य सहयोगमा बेलबारी नगरपालिका, सह प्रायोजकमा लक्ष्मी सामुदायिक वन, बेलबारी नगरपालिकाका सबै वडा, सहयोगीमा मल्टीमिशन ट्रेनिङ सेन्टर धरान तथा प्राविधिक सहयोग मोरङ जिल्ला फुटबल संघ रहेको छ ।

कात्तिक १७ गते हुने प्रतियोगिताको फाइनलको विजेताले उपाधिसहित ५ लाख र दोस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ३१ हजार, सर्वाधिक गोलकर्ताले २१ हजार, विधागत उत्कृष्ट खेलाडीले समान ११ हजार तथा हरेक खेलको म्यान अफ दी म्याचले ५ हजार ५ सय रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबले जनाएको छ ।

April 20, 2024

ह्विलचियर स्पोर्टस र सशस्त्रलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– प्रथम प्रधान सेनापति ह्विलचियर बास्केटल प्रतियोगिताको उपाधि महिलामा ह्विलचियर स्पोर्टस एसोसिएसन र पुरुषमा सशस्त्र प्रहरी बलले जितेको छ । नेपाली सेनाको आयोजना भएको प्रतियोगिताको महिलातर्फको फाइनलमा ह्विचियर स्पोर्टसले स्पाइनल कर्ड इन्ज्युरी नेटवर्क नेपाललाई हराउँदै उपाधि जितेको थियो । जावलाखेल ह्विलचियर स्पोर्टस क्लब तेस्रो भयो । श्री सैनिक पुनर्स्थापना केन्द्र, भण्डारखालमा भएको प्रतियोगिताको […]

April 19, 2024

गण्डकीका सदस्य सचिव शर्मालाई कारवाही गर्न माग

काठमाडौं (हाम्रो खेलकुद)– प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माले आफ्ना खेलाडीलाई लान्छाना लगाएको र त्यसले उनीहरुको मनस्थितिमा असर परेको भन्दै चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टिमले कारवाहीको माग गरेको छ । १४ औं केन्द्रीयस्तरको राष्ट्रपति रनिङ शिल्डमा बागमती प्रदेशमा सहभागी आफ्ना खेलाडीमाथि शर्माले लान्छाना लगाएको आरोप क्लबले न्यु डायमण्डले लगाएको छ । बागमतीबाट […]

April 18, 2024

राष्ट्रपति रनिङ सिल्ड – सुदूरपश्चिम टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले पहिलो पटक केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डमा बिहीबार टिम च्याम्पियन बनेको छ । १४ औं संस्करणमा १९ स्वर्ण, १२ रजत र १८ कांस्य पदकका साथ सुदूरपश्चिम च्याम्पियन बनेको हो । बागमती प्रदेश १७ स्वर्ण, १३ रजत र १५ कांस्य पदकका साथ दोश्रो भयो । तेश्रो स्थानको कर्णाली प्रदेशले १० स्वर्ण, ५ […]

Success

Thank you for your time.