default_image

2 years ago

October 27, 2021

कैलाश कप सेभेन ए साइड फुटबलमा ३२ टोली भिड्दै

भरतपुर (हाम्रो खेलकुद) – कैलाश कप सेभेन ए साइड फुटबल प्रतियोगिता बिहीबारदेखि सुरु हुने भएको छ । कैलाश युथ क्लब भरतपुर ११ को आयोजनामा हुने चितवन, नवलपरासी र मकवानपुरका बिभिन्न ३२ टोलीको सहभागिता रहनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । दुवै समूहका विजेता फाइनल प्रवेश गर्नेछन् । प्रतियोगिताको उद्घाटन खेल सर्वश्रेष्ठ नारायणी […]

133 views

0 Bookmark

भरतपुर (हाम्रो खेलकुद) – कैलाश कप सेभेन ए साइड फुटबल प्रतियोगिता बिहीबारदेखि सुरु हुने भएको छ । कैलाश युथ क्लब भरतपुर ११ को आयोजनामा हुने चितवन, नवलपरासी र मकवानपुरका बिभिन्न ३२ टोलीको सहभागिता रहनेछ ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । दुवै समूहका विजेता फाइनल प्रवेश गर्नेछन् । प्रतियोगिताको उद्घाटन खेल सर्वश्रेष्ठ नारायणी र वनदेवी क्लबबीच हुनेछ । खेल दिउँसो १२ बजे कैलाश क्लबको मैदानमा सुरु हुनेछ । कात्तिक १७ गते हुने फाइनलको विजेताले उपाधिसहित ४२ हजार र दोस्रो हुने टोलीले २२ हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिताका संयोजक सपिन अधिकारीले जानकारी दिए । यस्तै विधागत उत्कृष्ट खेलाडीहरुले पनि पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिताको मुख्य प्रायोजकमा सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ तथा सहप्रायोजकमा नव जागृति सामुदायिक वन रहेका छन् । कोभिडले थलेको खेल क्षेत्रलाई चलायमान बनाउनका लागि प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष किरण मरहट्ठाले बताए ।
प्रतियोगिताबाट स्थानीय खेलाडीहरुलाई आफ्नो खेल कौशल प्रस्तुत गर्न अवसर मिल्ने मरहठ्ठाको विश्वास छ ।

दुई संस्करणको भरतपुर मेट्रो कप आयोजना गरिसकेको क्लबले यस पटक स्थानीय खेलाडीलाई प्रोत्साहनका लागि सेभेन ए साइड फुटबल आयोजना गरेको बताईएको छ । तेस्रो संस्करणको मेट्रो कप यसै वर्षको अन्त्य तिर गरिने अध्यक्ष मरहट्ठाले जानकारी दिए ।

प्रतियोगिताका मुख्य प्रायोजक सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञ विलास पौडेल (वाईवी) ले फुटबलको बिकासका लागि सहकार्य गर्न आफुहरु सधैं तयार रहेको बताए । सह प्रायोजक नव जागृति सामुदायिक वनका अध्यक्ष देव गुरुङले यस किसिमको प्रतियोगिताले स्थानीय खेलाडीको क्षमता बिकासमा सहयोग पुग्ने बताए ।

April 24, 2024

साविक विजेता न्यु डायमण्डको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता चन्द्रागिरि नगरपालिका न्यु डायमण्ड महिला भलिबल टिमले सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । प्लेयर अफ दि म्याच मिडल ब्लकर सुमित्रा रेग्मीको उच्च प्रदर्शनमा विभागीय त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै डायमण्डले विजयी सुरुवात गरेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) […]

April 24, 2024

आज न्यु डायमण्ड र आर्मीबीच पहिलो खेल

काठमाडौं (हाम्रो खेलकुद)– शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजना केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिता आज सुरु हुँदैछ । ४ टोलीको मात्र सहभागिता रहने प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कर्भड हलमा हुनेछ । पहिलो खेल साविक विजेता चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टोली र त्रिभुवन आर्मी क्लबबीचको खेल बिहान ११ः०० बजे सुरु हुनेछ । त्यसपछि उद्घाटन […]

April 23, 2024

केएनपी नेरोलेक महिला भलिबल– न्यु डायमन्ड र आर्मीबीच पहिलो खेल

काठमाडौं (हाम्रो खेलकुद)– शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजना बुधबार सुरु हुने केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा ४ टोलीको मात्र सहभागिता रहने भएको छ । आयोजकले मंगलबार राखेको टेक्निकल मिटिङले प्रतियोगिता भाग लिन नसक्ने जानकारी दिएको प्रतिष्ठानका अध्यक्ष रन्जन खड्काले जानकारी दिए । अब प्रतियोगिता राउन्ड रोविनका आधारमा हुने भएको छ । सहभागी टोलीका प्रतिनिधिको […]

Success

Thank you for your time.