default_image

2 years ago

October 28, 2021

नेपालगन्ज म्याराथनमा महानायक हमालको उपस्थिति रहने

काठमाडौं (हाम्रो खेलकुद)– अर्को महिना आयोजना हुने धारा नेपालगन्ज म्याराथनमा महानायक राजेश हमालको उपस्थिति रहने भएको छ । नेपालगञ्ज म्याराथन तथा क्रिएटिभ ह्याण्ड्सले ले हरेक वर्ष आयोजना गर्ने म्याराथन यसपटक मंसिर ४ गते हुँदैछ । सरकार र तत्कालिन बिद्रोही माओवादीबीच मंसिर ५ गते भएको बृहत शान्ती सम्झौताको स्मरणमा म्याराथन आयोजना हुँदै आएको छ । युवा […]

32 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अर्को महिना आयोजना हुने धारा नेपालगन्ज म्याराथनमा महानायक राजेश हमालको उपस्थिति रहने भएको छ । नेपालगञ्ज म्याराथन तथा क्रिएटिभ ह्याण्ड्सले ले हरेक वर्ष आयोजना गर्ने म्याराथन यसपटक मंसिर ४ गते हुँदैछ ।

सरकार र तत्कालिन बिद्रोही माओवादीबीच मंसिर ५ गते भएको बृहत शान्ती सम्झौताको स्मरणमा म्याराथन आयोजना हुँदै आएको छ । युवा पुस्ताका प्रेरणाका श्रोतमा रुपमा रहेका राजेश हमालको उपस्थितिले म्याराथनका आयोजकसँगै प्रायोजक, स्थानिय सहयोगी संघ, संस्था र स्थानियहरुको पनि हौसला बढ्ने विश्वास लिएको आयोजक नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले बताएका छन् ।

ठकुरी, राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान एलबी क्षेत्री, नेपालगन्ज म्याराथनका संस्थापक सदस्य जनकले बुधबार महानायक हमाललाई म्याराथनमा उपस्थितिका लागि निमन्त्रणा गरेको र उनले त्यसलाई स्वीकार गरेको बताइएको छ । हमालले आफू म्याराथनमा उपस्थित हुनका लागि उत्साहित रहेको पनि भेटका क्रममा बताएको ठकुरीले जानकारी दिए । आयोजक संस्थानका अनुसार नेपालमा आयोजना हुने स्थापित म्याराथनमा महानायक हमालको उपस्थिति हुन लागेको सम्भवत यो पहिलो अवसर हुनेछ ।

विगतमा जसरी केएल दुगड ग्रुपको उत्पादन धारा तेल नेपालगञ्ज म्याराथनको मुख्य प्रायोजक यथावत रहेको छ । सातौं धारा नेपालगञ्ज म्याराथनमा आशिर्वाद पेन्ट्स, शिखर प्लाई, राष्ट्रिय बाणिज्य बैंक, फोन पे म्याराथनमा प्रत्यक्ष जोडिएको बताएको छ ।

कोरोनाका कारण गत वर्ष फुल म्याराथन र हाफ म्याराथन मात्र आयोजना गर्न सकिएको उल्लेख गर्दै नेपालगन्ज म्याराथनले यसपटक विगतमा जस्तै दश वटा इभेन्ट हुनेछन् । जसमा म्याराथन(४२.१९५किमी), हाफ म्याराथन(२१ किमी), १० किलोमिटर पुरुष खुल्ला, ५ किलोमिटर महिला खुल्ला, ५ किलोमिटर स्कूलस्तरीय छात्र, ३ किलोमिटर स्कूल स्तरीय छात्रा, किड्स रन (८ देखि १२ वर्ष), २ किलोमिटर कर्पोरेट रन, वाकाथन र ह्वीलचियर प्रतिस्पर्धा रहेको बताइएको छ ।

March 28, 2024

सुष्मा सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेशकी सुष्मा तामाङ र कर्णाली प्रदेशकी अस्मिता दुवाल छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा जारी प्रतियोगितामा बिहिबार महिला ५० केजीमा सुष्माले मधेश प्रदेशकी मनीषा राई तथा अस्मिताले एपीएफकी सन्जुमाया थिङलाई पराजित गर्दै अन्तिम चारको यात्रा तय गरे । महिला ५४ […]

March 28, 2024

भलिबल संघ र केल्मीबीचको सम्झौता नविकरण

काठमाडौं (हाम्रो खेलकुद)– अन्तर्राष्ट्रिय खेल पोशाक तथा सामग्री निमार्ण कम्पनी केल्मी स्पोर्टस प्रोडक्ट कम्पनीले राष्ट्रिय खेल भलिबललाई आफ्नो प्रायोजनमा निरन्तरता दिएको छ । केल्मीको नेपालका लागि आधिकारिक विक्रेता कामारु ट्रेडिङ प्राली र नेपाल भलिबल संंघबीच बिहीबार ३ वर्षका लागि सम्झौता नविकरण भएको हो । कामारुका निर्देशक प्रदीप न्यौपाने र संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दले सम्झौता पत्रमा […]

March 28, 2024

राष्ट्रपतिलाई निमन्त्रणा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन समारोहको प्रमुख अतिथिका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई बिहीबार निमन्त्रणा गरेको छ । राखेपको आयोजनामा १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता वैशाख ४ देखि ६ गते काठमाडौंमा हुँदैछ । सदस्य सचिव टंकलाल घिसिङले शितल निवासमा राष्ट्रपति […]

Success

Thank you for your time.