default_image

2 years ago

October 28, 2021

कैलाश कपको उद्घाटन खेलमा सर्वश्रेष्ठ विजयी

भरतपुर (हाम्रो खेलकुद) – कैलाश कप सेभेन ए साइड फुटबल प्रतियोगिता उद्घाटन खेलमा बिहीबार सर्वश्रेष्ठ नारायण्मी एफसी विजयी भएको छ । नारायणीले वनदेवी क्लबलाई २–१ ले पराजित ग¥यो । नारायणीको जितमा अजय गुरुङ र सागर लामाले गोल गरे । वनदेवीका अमर महतोले एक गोल फर्काए । बिहीबारका अन्य खेलमा दमौली एफसी, चन्डिभन्ज्याङ एफसी र दासढुंगा […]

22 views

0 Bookmark

भरतपुर (हाम्रो खेलकुद) – कैलाश कप सेभेन ए साइड फुटबल प्रतियोगिता उद्घाटन खेलमा बिहीबार सर्वश्रेष्ठ नारायण्मी एफसी विजयी भएको छ । नारायणीले वनदेवी क्लबलाई २–१ ले पराजित ग¥यो । नारायणीको जितमा अजय गुरुङ र सागर लामाले गोल गरे । वनदेवीका अमर महतोले एक गोल फर्काए ।

बिहीबारका अन्य खेलमा दमौली एफसी, चन्डिभन्ज्याङ एफसी र दासढुंगा एफसी विजयी भएका छन् । बिहीबार विजेता सबै टोली क्वार्टरफाइनल पुगेका छन् । दोस्रो खेलमा दमौली एफसीले राइजिङ स्टार देवघाटलाई टाई ब्रेकरमा पराजित ग¥यो । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाई ब्रेकरमा भएको थियो । टाई ब्रेकरमा देवघाट २–१ ले बिजयी भयो ।

तेस्रो खेलमा चन्डिभन्ज्याङले आँपटारी एफसीलाई १–० ले पाखा लगायो । चन्डिभन्ज्याङको जितमा प्रवेश लामाको गोल निर्णायक बन्यो । चौथो तथा अन्तिम खेलमा दासढुङ्गा एफसीले भालुमारा एफसीलाई २–० ले पराजित ग¥यो । दासढुङ्गालाई जिताउन लक्ष्मण गुरुङ र डम्बर गुरुङले गोल गरे ।

प्रतियोगितामा शुक्रबार पनि ४ खेल हुनेछ । पहिलो खेलमा गडुवा एफसी र एफएफसी दासढुङ्गा,दोस्रो खेल रड्स रामपुर र आयाम युवा क्लब, आरआरएफसी हेटौंडा र पञ्चकन्या युथ क्लब तथा लगनशिल युथ गर्दास र नवदुर्गा एफसी कावासोतीबीच प्रतिस्पर्धा हुनेछ । कैलाश युथ क्लब भरतपु ११ ले आयोजना गरेको प्रतियोगिताको उद्घाटन नेकपा एमाले चितवनकी अध्यक्ष दिल कुमारी रावल (पार्वती) ले गरिन् ।

प्रतियोगितामा चितवन, नवलपरासी र मकवानपुरका ३२ टोलीको सहभागिता छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहका विजेता सोझो फाइनल पुग्नेछन् । कात्तिक १७ गते हुने प्रतियोगिताको विजेताले ४२ र दोस्रो हुने टोलीले २२ हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिता संयोजक सविन अधिकारीले जानकारी दिए ।

March 28, 2024

सुष्मा सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेशकी सुष्मा तामाङ र कर्णाली प्रदेशकी अस्मिता दुवाल छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा जारी प्रतियोगितामा बिहिबार महिला ५० केजीमा सुष्माले मधेश प्रदेशकी मनीषा राई तथा अस्मिताले एपीएफकी सन्जुमाया थिङलाई पराजित गर्दै अन्तिम चारको यात्रा तय गरे । महिला ५४ […]

March 28, 2024

भलिबल संघ र केल्मीबीचको सम्झौता नविकरण

काठमाडौं (हाम्रो खेलकुद)– अन्तर्राष्ट्रिय खेल पोशाक तथा सामग्री निमार्ण कम्पनी केल्मी स्पोर्टस प्रोडक्ट कम्पनीले राष्ट्रिय खेल भलिबललाई आफ्नो प्रायोजनमा निरन्तरता दिएको छ । केल्मीको नेपालका लागि आधिकारिक विक्रेता कामारु ट्रेडिङ प्राली र नेपाल भलिबल संंघबीच बिहीबार ३ वर्षका लागि सम्झौता नविकरण भएको हो । कामारुका निर्देशक प्रदीप न्यौपाने र संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दले सम्झौता पत्रमा […]

March 28, 2024

राष्ट्रपतिलाई निमन्त्रणा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन समारोहको प्रमुख अतिथिका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई बिहीबार निमन्त्रणा गरेको छ । राखेपको आयोजनामा १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता वैशाख ४ देखि ६ गते काठमाडौंमा हुँदैछ । सदस्य सचिव टंकलाल घिसिङले शितल निवासमा राष्ट्रपति […]

Success

Thank you for your time.