default_image

2 years ago

October 31, 2021

चण्डीभन्ज्याङ र राइजिङ स्टार क्वार्टरफाइनलमा

चितवन – चण्डीभन्ज्याङ एफसी र राइजिङ स्टार एफसी देवघाट भरतपुरमा जारी कैलाश कप सेभेन ए साइड फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । आइतबार चण्डीभन्ज्याङ सर्वश्रेष्ठ नारायणी एफसीलाई तथा राइजिङ स्टार दासढुङ्गा एफसीलाई पराजित गर्दै अन्तिम आठमा पुगेका हुन् । चण्डीभन्ज्याङले सर्वश्रेष्ठ नारायणीलाई २–१ पराजित ग¥यो । चण्डीभन्ज्याङको जितमा राज भुसाल र सुरज गुरुङले गोल गरे […]

140 views

0 Bookmark

चितवन – चण्डीभन्ज्याङ एफसी र राइजिङ स्टार एफसी देवघाट भरतपुरमा जारी कैलाश कप सेभेन ए साइड फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

आइतबार चण्डीभन्ज्याङ सर्वश्रेष्ठ नारायणी एफसीलाई तथा राइजिङ स्टार दासढुङ्गा एफसीलाई पराजित गर्दै अन्तिम आठमा पुगेका हुन् । चण्डीभन्ज्याङले सर्वश्रेष्ठ नारायणीलाई २–१ पराजित ग¥यो । चण्डीभन्ज्याङको जितमा राज भुसाल र सुरज गुरुङले गोल गरे । सर्वश्रेष्ठका हार्दिक गुरुङले एक गोल फर्काए पनि हार टरेन ।

अर्को प्री क्वाटरफाइनल खेलमा राइजिङ स्टारले दासढुङ्गालाई टाई ब्रेकरमा ३–२ ले पराजित ग¥यो । निर्धारित समयमा एक–एक गोल भएपछि खेल टाई ब्रेकरमा धकेलिएको हो । त्यस अघि आजै समूह चरणका अन्तिम तीन खेल पनि भएको थियो । पहिलो खेलमा एफसीएन नौरङ्गेले एएफसी पिपलटारलाई १–० ले पराजित ग¥यो । नौरङ्गेको जितमा विप्लव गुरुङले निर्णायक गोल गरे ।

यस्तै दोस्रो खेलमा बागेश्वरी एफसीले गङ्गोत्री एफसीलाई १–० ले पाखा लगायो । बागेश्वरीको जितमा कुशन गुरुङले गोल गरे । समूह चरणको अन्तिम खेलमा क्षेत्रपुर फुटसल एरिनाले भरतपुर ९ एफसीलाई १–० ले हरायो । क्षेत्रपुरलाई जिताउन प्रविण लिम्बुले गोल गरे । यि तिनै टोली प्री क्वाटरफाइनल प्रवेश गरेका छन् ।

३२ टोली सहभागी प्रतियोगिताको फाइनल खेल कात्तिक १७ गते हुनेछ । प्रतियोगिताको विजेताले उपाधिसहित ४२ हजार, दोस्रो टोलीले २२ हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिताको संयोजक सविन अधिकारीले बताए ।

April 18, 2024

राष्ट्रपति रनिङ सिल्ड – सुदूरपश्चिम टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले पहिलो पटक केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डमा बिहीबार टिम च्याम्पियन बनेको छ । १४ औं संस्करणमा १९ स्वर्ण, १२ रजत र १८ कांस्य पदकका साथ सुदूरपश्चिम च्याम्पियन बनेको हो । बागमती प्रदेश १७ स्वर्ण, १३ रजत र १५ कांस्य पदकका साथ दोश्रो भयो । तेश्रो स्थानको कर्णाली प्रदेशले १० स्वर्ण, ५ […]

April 18, 2024

एथलेटिक्समा ३ कीर्तिमान, आशिषले ३६ वर्ष पुरानो कीर्तिमान तोडे

काठमाडौं (हााम्रो खेलकुद)– १४ औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डको अन्तिम दिन बिहीबार एथलेटिक्समा ३ नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगितामा अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुदूरपश्चिम प्रदेशका आशिष महरले छात्र ट्रिपल जम्पमा १४.१९ मिटर जम्प गर्दै ३६ वर्षअघिको जुनियर राष्ट्रिय कीर्तिमान भंग गर्दै स्वर्ण पदक जितेको छन् […]

April 18, 2024

वर्षभर चलायमान भलिबल

दिल तामाङ नेपाली भलिबल वर्ष २०८० मा चलायमान रह्यो । घरेलु भलिबल व्यस्त रहँदा अन्तर्राष्ट्रिय सहभागिताले पनि निरन्तरता पायो । भलिबल नेपालको राष्ट्रिय खेल घोषणा भएको ६ वर्ष भन्दा बढी भइसकेको छ । तर, अपेक्षा अनुसार सरकारले भलिबलमा लगानी भने गरेको छैन । यद्यपि घरेलु भलिबल व्यस्त रह्यो । पुरुषको १५ र महिलाको ९ वटा […]

Success

Thank you for your time.