default_image

6 years ago

November 8, 2017

फराकिलो अग्रताका साथ शिवराम उपाधि नजिक

काठमाडौं (हाम्रो खेलकुद)– नम्बर एक व्यावसायिक गल्फर शिवराम श्रेष्ठ खेल जीवनमा अर्को उपाधिको नजिक पुगेका छन् । सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ प्रतियोगितामा एक दिनको खेल बाँकी रहँदा १५ स्ट्रोकको फराकिलो अग्रता बनाउँदै शिवरामले उपाधि लभगभ पक्का गरेका छन् । पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा जारी प्रतियोगितामा ५४ होलको समाप्तीमा शिवरामले २१ अन्डर […]

39 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नम्बर एक व्यावसायिक गल्फर शिवराम श्रेष्ठ खेल जीवनमा अर्को उपाधिको नजिक पुगेका छन् । सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ प्रतियोगितामा एक दिनको खेल बाँकी रहँदा १५ स्ट्रोकको फराकिलो अग्रता बनाउँदै शिवरामले उपाधि लभगभ पक्का गरेका छन् ।


पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा जारी प्रतियोगितामा ५४ होलको समाप्तीमा शिवरामले २१ अन्डर एक सय ९५ स्कोर छ । शिवरामले तेस्रो दिन बुधबार ६ अन्डर ६६ को प्रदर्शन गरे । पहिलो नौ होलमा चार अन्डर ३२ खेलेका उनले पछिल्लो नौ होलमा दुई अन्डर ३४ प्रदर्शन गरे । दोस्रो स्थानमा रहेका सूर्य प्रसाद शर्माभन्दा १५ स्ट्रोकले पछाडि छन् ।

आज दुई ओभर ७४ खेलेका सूर्यको कूल ६ अन्डर दुई सय १० स्कोर छ । सन्जय लामा तेस्रो स्थानमा उक्लिएका छन् । तेस्रो दिन ६ अन्डर ६६ खेलेका सन्जयको समग्रमा २ अन्डर २ सय १४ स्कोर छ । इभनपार दुई सय १६ स्कोरका साथ भुवन नगरकोटी चौथो स्थानमा छन् । आज भुवनले एक अन्डर ७१ को प्रदर्शन गरे ।

पाँचौं स्थानमा रहेका जयराम श्रेष्ठले तीन दिनमा र्२ ओभर दुई सय १८ स्कोर छ । उनले आज २ ओभर ७४ खेले । राम थापा र दिपक थापा दुई सय १९ स्कोरका साथ छैटों, दुई सय २० खेलेका धनबहादुर थापा आठौं तथा दुई सय २२ खेलेका भु बहादुर गुरुङ र पशुपती शर्मा शीर्ष १० मा छन् ।
एमेच्योरतर्फ १४ ओभर २ सय ३० खेलेका फुन्सोक नोर्वु लामा र सुनिल केसी संयुक्त रुपमा शीर्षस्थानमा छन् । तेस्रो स्थानमा रहेका सुवास घिसिङको २ सय ३९ स्कोर छ । कुल ६ लाख ३० हजार रुपैयाँ पुरस्कार राशि रहेको उक्त प्रतियोगिताको विजेताले एक लाख १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो हुनेले ७४ हजार र तेस्रो हुने खेलाडीले ५३ हजार रुपैयाँ पाउनेछन् । फाइनल चरणमा पुग्ने सबैले पुरस्कार प्राप्त गर्ने आयोजक नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनले जनाएको छ ।

Success

Thank you for your time.