8 years ago
May 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – सबैभन्दा चर्चित तथा अपेक्षित फुटबल प्रतियोगिता फिफा विश्वकपको २१ औं संस्करण जुन १४ देखि रुसमा सुरु हुँदैछ । हाम्रो खेलकुद डटकमको यस ‘विश्वकपमा हेर्नलायक २० खेलाडी’ सुचीको नम्बर १७ मा रहेका छन् अर्जेन्टिनाका विङर एन्जल डि मारिया ।
एन्जल डि मारियाले यस सिजन पेरिस सेन्ट जर्मन (पिएसजी) बाट लिग १ को उपाधि जित्न सफल रहे । नियमित टोलीमा स्थान नपाए पनि आफूले सुरुवात गरेको २६ लिग खेलमा उनले ११ गोल र ६ असिस्ट गरे । सबै प्रतियोगितामा उनले २० गोल गर्न सफल भए ।
२०१४ को विश्वकपमा डि मारियाले अर्जेन्टिनाले खेलेका ७ खेलमध्ये ५ मा सुरुवात गरेका थिए र १ गोल पनि गरेका थिए । त्यस्तै २०१५ को कोपा अमेरिकामा सबै ६ खेल खेल्दै २ गोल र २ असिस्ट गरेका थिए । यस विश्वकपमा पनि डि मारियाको भुमिका निकै महत्त्वपूर्ण हुने देखिन्छ ।
२०१४/१५ को सिजन म्यानचेस्टर युनाइटेडमा बिताएका डि मरियाको पिएसजी सरुवापछी खेल निकै सुध्रेको छ र ३० वर्षे उनी आफ्नो करियरकै उच्च लयमा पनि छन् ।
अर्जेन्टिनाको अग्रपंक्तिमा डि मारियासहित स्टार लियोनल मेस्सी, गोन्जालो हिग्वाइन, सर्जियो अगुएरो र पौलो डिबाला रहेका छन् । हिग्वाइन र अगुएरो एकै प्रकारका खेलाडी भएकाले ती दुई मध्ये एकले मात्र सुरुवात गर्ने देखिन्छ भने विपक्षीलाई मध्यनजर राख्दै डिबाला खेल्ने वा नखेल्ने निर्णय प्रशिक्षक जोर्जे साम्पाउलीले लिने देखिन्छ ।
अग्रपंक्तिका यी खेलाडीभन्दा डि मारियाको खेलशैली केही भिन्न छ । उनी पूर्णत विङर रहेका छन् र विङको दायाँ वा बायाँमा खेल्न सक्छन् जसले उनलाई टोलीको अभिन्न अङ बनाएको छ । क्रस र लामो दुरीको प्रहारमा माहिर डि मारियाले अर्जेन्टिनी टोलीलाई छुट्टै आयाम प्रदान गर्ने छन् ।
गत विश्वकपमा दोस्रो स्थान हासिल गरेको अर्जेन्टिना यस पटक भने उपाधि जित्न केन्द्रित छ । स्टार खेलाडी मेस्सीमा मात्र निर्भर भएर त्यो सम्भव नहुने भएकाले डि मारियाको अनुभव, कौशल र गोल गर्ने कला अर्जेन्टिनाका लागि पक्कै उपयोगी सावित हुने छ ।
हेर्नुहोस् अर्जेन्टिनाको प्रारम्भिक विश्वकप टोली
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनमा आज प्ले सुरु हुँदैछ। क्वालिफायर वानमा लिग चरणको शीर्ष टोली सुदूरपश्चिम रोयल्स र दोस्रो स्थानको विराटनगर किङ्सले एक अर्काको सामना गर्नेछन्। आजको खेल जित्ने टोली फाइनल पुग्नेछ। कप्तान सन्दीप विराटनगरले टस जितेर ब्याटिङ रोजेको छ। दीपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिमले पहिला ब्याटिङ गर्नेछ। लिच चरणको […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनमा आज प्ले सुरु हुँदैछ। क्वालिफायर वानमा लिग चरणको शीर्ष टोली सुदूरपश्चिम रोयल्स र दोस्रो स्थानको विराटनगर किङ्सले एक अर्काको सामना गर्नेछन्। आजको खेल जित्ने टोली फाइनल पुग्नेछ। कीर्तिपुरस्थित टियु रंगशालामा खेल दिउँसो ४ बजे सुरु हुनेछ । आजको खेलअघि धेरैले यी दुई टोलीबीचको पछिल्लो खेललाई स्मरण […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]