default_image

8 years ago

May 28, 2018

हामी उत्कृष्ट होइनौं – मेस्सी

115 views

0 Bookmark

मस्को (एजेन्सी) – विश्वकप सुरु हुन १६ बाकीं रहँदा अर्जेन्टिनाका सुपरस्टार लियोनल मेस्सी आफ्नो टोली सबैभन्दा उत्कृष्ट नरहेको बताएका छन् ।

एक स्पेनिस टिभि प्रोग्राममा बोल्दै मेस्सीले भने, “मेरो तथा पुरा टोलीका लागि ठूलो चुनौति अगाडी आउँदै छ । राष्ट्र र हाम्रो टोलीको सपना एउटै हो र यसले पनि थप जिम्मेवारी हामीमा थपेको छ ।”

मेस्सीले थपे, ” हामी धैर्य हुनु पर्छ र हामी विश्वको उत्कृष्ट टोली हुने क्षमता राख्छौं भन्ने सन्देश पनि पुर्‍याउन पर्छ । अहिले भने हामी उत्कृष्ट होइनौं र यथार्थ यही हो । तर, केन्द्रित भयौं भने त्यो सम्भव छ ।”

त्यस्तै सबै खेललाई एक पछि अर्को गर्दै हेर्ने मेस्सीले बताए । आइसल्यान्ड, नाइजेरिया र क्रोएसिया तीनै टोली बलिया रहेकाले समूह चरण कठिन नै हुने उनले बताए । त्यसैगरी आफ्नो करियर बार्सिलोनामै टुङ्गाउने सङ्केत समेत मेस्सीले दिए ।

के अघिल्लो पटकको उपविजेता अर्जेन्टिनाले यस वर्षको विश्वकप जित्ला?

December 9, 2025

विराटनगविरुद्ध सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनमा आज प्ले सुरु हुँदैछ। क्वालिफायर वानमा लिग चरणको शीर्ष टोली सुदूरपश्चिम रोयल्स र दोस्रो स्थानको विराटनगर किङ्सले एक अर्काको सामना गर्नेछन्। आजको खेल‌ जित्ने टोली फाइनल पुग्नेछ। कप्तान सन्दीप विराटनगरले टस जितेर ब्याटिङ रोजेको छ। दीपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिमले पहिला ब्याटिङ गर्नेछ। लिच चरणको […]

December 9, 2025

सुदूरपश्चिम र विराटनगरबीच रोमान्चक प्रतिस्पर्धाको अपेक्षा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनमा आज प्ले सुरु हुँदैछ। क्वालिफायर वानमा लिग चरणको शीर्ष टोली सुदूरपश्चिम रोयल्स र दोस्रो स्थानको विराटनगर किङ्सले एक अर्काको सामना गर्नेछन्। आजको खेल‌ जित्ने टोली फाइनल पुग्नेछ। कीर्तिपुरस्थित टियु रंगशालामा खेल दिउँसो ४ बजे सुरु हुनेछ । आजको खेलअघि धेरैले यी दुई टोलीबीचको पछिल्लो खेललाई स्मरण […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.