default_image

6 years ago

December 1, 2018

मनाङ मर्स्याङदी विरुद्ध सरस्वती (लाइभ)

58 views

0 Bookmark

मनाङ मर्स्याङदी क्लब विरुद्ध सरस्वती क्लब

प्रत्यक्ष प्रसारण

शीर्षस्थानमा रहेको मनाङलाई सरस्वतीविरुद्ध अग्रता बढाउने मौका हुनेछ । दोस्रो स्थानको थ्री स्टारले समान १२ अंक जोडेपनि मनाङले एक खेल कम खेलेको छ । यो खेल जितेमा अग्रता ३ अंकको हुनेछ । आइतबार समान १० अंक बोकेको हिमालयन शेर्पा र त्रिभुवन आर्मीको खेल हुँदैछ । उक्त खेल बराबरी भए मनाङले अग्रतालाई ३ अंकमा पुर्याउनेछ ।

सरस्वती भने लगातार जित दर्ता गरेर लय समाउन प्रयासरत छ । सुरुवाती दुई खेलमा पराजित सरस्वति पछिल्लो दुई खेलमा विदेशी खेलाडीको आगमनसँगै बलियो रुपमा प्रस्तुत भएको छ । विदेशी खेलाडी भिक्टर सरस्वतीको नतिजामा निर्णायक भूमिका खेल्दै आएका छन् । उनले यसअघि मनाङ र थ्री स्टारबाटै खेलिसकेका छन् ।

December 12, 2024

गणेशमान सिंह स्मृति राष्ट्रिय खुला किक बक्सिङ सुरु

काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर जिल्ला किक बक्सिङ संघको आयोजनामा छैटौं गणेशमान सिंह स्मृति राष्ट्रिय खुला किक बक्सिङ चापागाउँमा बिहीवार सुरु भएको छ । पहिलो दिन पुरुष ५५ केजीमुनि नेपाल क्योकुसिनका एलिस बम्जन, आर्मीका जनकबहादुर धामी, डन किक बक्सर्सका आशिक कोल्ह र आर्मीका प्रवीण माझी सेमिफाइनलमा प्रवेश गरेका छन् । महिला ४५ केजीमुनि एपिएफकी रिना माझी, […]

December 12, 2024

एनएसएलको तेस्रो संस्करण चैतमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको‌ अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल‌ आयोजनाको अनुमतिपत्र […]

December 12, 2024

सूर्य नेपाल काठमाडौं ओपन – तेश्रो दिन निरज शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद)- साविक विजेता निरज तामाङले ४-अन्डर ६४ को उत्कृष्ट स्कोर निकाल्दै सूर्य नेपाल काठमाडौं ओपनको तेस्रो दिन बिहीवार शीर्षस्थानमा उक्लिएका छन्। निरजले समग्रमा १०-अन्डर १९४ सहित एमेच्योर सदभाव आचार्यलाई एक स्ट्रोकले पछि पारेका छन।‌ अन्तिम १८ होलको खेल बाँकी छँदा प्रो निरज र एमेच्योर सदभावबीच कडा प्रतिस्पर्धा हुने संभावना रहेको छ।‌ रोयल नेपाल […]

Success

Thank you for your time.