6 years ago
December 8, 2018
हिमालयन शेर्पा क्लब विरुद्ध नेपाल पुलिस क्लब
प्रत्यक्ष प्रसारण :
प्रत्यक्ष प्रसारण हेर्न यहाँ थिच्नुहोस्
हिमालयन शेर्पा र पुलिस दुवै टोलीको समान १०-१० अंक रहेको छ । लिग उपाधि जित्ने लक्ष्य राखेको पुलिसका लागि यो खेल निकै महत्त्वपूर्ण रहेको छ । शेर्पाविरुद्ध पराजित भए पुलिसको उपाधि जित्ने सम्भावना गणितीय रुपमा मात्र सिमित रहनेछ । पुलिसमा चोटको समस्याले सोचेअनुरुप नतिजा आउन सकेको छैन । पछिल्लो खेलमा संकटासँग पराजित भएपछि प्रशिक्षक अनन्त थापाले आक्रमणमा खेलाडी घाइते हुनु नै दुर्भाग्य रहेको बताएका थिए । सुमन लामा, रेजिन सुब्बा र हेम तामाङ चोटका कारण खेल्न सकेका छैनन् ।
यता शेर्पाले शीर्ष ४ को लक्ष्य लिएर लिगमा आएको थियो । लिगमा उत्कृष्ट सुरुवात गरेको शेर्पा पछिल्लो दुई खेलमा भने पराजित भएको छ । च्यासलविरुद्ध अग्रता लिएर पनि शेर्पाले जित दर्ता गर्न नसक्दा यो खेल जित्नपर्ने अवस्था आएको छ । कर्ण लिम्बूले पछिल्लो दुई खेलमा गोल गर्न सकेका छैनन् ।
December 14, 2024
हिमाल खरेल, बिर्तामोड दोस्रो संस्करणको बर्खा स्मृति झापा जिल्ला अन्तरपालिका टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा भद्रपुर नगरपालिका र दमक नगरपालिकाले खेल्ने भएका छन् । आज प्रतिष्ठानको कार्यालय बुधबारेमा भएको पत्रकार सम्मेलनमार्फत खेल तालिका सार्वजनिक गरिएको छ । प्रतियोगितामा सहभागी झापाका १५ वटै पालिकाका प्रतिनधिबीच टाइसिट ड्र गरिएको प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईंले जानकारी दिए । […]
December 14, 2024
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं महानगरपालिकाले तेक्वान्दोकी ओलम्पियन संगिना वैद्यलाई शनिवार नगदसहित सम्मान गरेको छ । काठमाडौं महानगर स्थापनाको ३० औं महानगर दिवसका अवसरमा आयोजित कार्यक्रममा तेक्वान्दो खेल मार्फत स्वदेश तथा विदेशमा नेपालको गरिमा बढाउन तथा नेपालको खेलकुद क्षेत्रको विकास गर्न पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । संगीनालाई उपराष्ट्रपति रामसाहय प्रसाद यादवले १ लाख […]
December 14, 2024
काठमाडौं (हाम्रो खेलकुद)- मलेसियामा हुने एफआइएच वर्ल्ड युथ हक्की फाइभ क्याम्प तथा फेस्टिबलमा सहभागी हुन १० खेलाडीसहित १३ सदस्यीय नेपाली हक्की टोली आइतवार त्यसतर्फ जाने भएको छ । पुस २ देखि ६ गतेसम्म हुने क्याम्पमा सहभागी हुने खेलाडीमा अनुष्का थापा, रोनशकुमार यादव, सुदिप चौधरी, बन्दना भट्ट, सविना राजवंशी, विवेक विक, सुजल महर्जन, रोशन परियार, सुशान्त […]