6 years ago
December 9, 2018
काठमाडौँ – एभरेष्ट प्रिमियर लिग (ईपीएल) को तेस्रो खेलमा भैरहवा ग्ल्याडीयटर्सविरुद्ध दक्षिण अफ्रिकाका रिचार्ड लेभीले आक्रमण ब्याटिङ गरेका छन् । पहिलो विकेटका रुपमा पोखरा राइनोजका ओपनर रिचर्ड लेभी ७९ रनमा आउट भएका छन् ।
लेभीलाई ८.२ ओभरमा कृष्ण कार्कीले रायन टेनको हातबाट क्याच गराउदै पेभिलीएन फर्काएका हुन् । उनले मात्र ३६ बलमा समान ७ चौका र छक्का प्रहार गर्दै ७९ रनमा आउट भए । ओपनर लेभी र कप्तान समेत रहेका काइल कोट्जरले पहिलो विकेटका लागि ८.१ ओभरमा १ सय ४ रनको उत्कृष्ट साझेदारी गरे ।
काइल १५ रनमा खेल्दा उनलाई सुनिल धमलाले ३ रन बनाई साथ दिएका छन् । पोखराले ९ ओभरको समाप्तीमा १ सय ९ रन बनाई सकेको छ ।
December 13, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपालको टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। माल्दिभ्सको क्लब एचडिसीलाई शुक्रवार ३-० को सोझो सेटले पराजित गर्दै हेल्प नेपालले भारतको क्यालिकट हिरोजसँगको फाइनल भेट पक्का गरेको हो । लिग चरणमा दोस्रो भएको हेल्प नेपालले चौथो स्थानको एचडिसीलाई २५-१६,२५-१८,२५-२१ ले हराउँदै अन्तिम दुईको यात्रा […]
December 13, 2024
काठमाडौं (हाम्रो खेलकुद)- अपराजित रहँदै सेमिफाइनलमा पुगेको इरानको यु १८ टोलीलाई ३-१ ले हराउँदै भारतको क्यालिकट हिरोज काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। लिग चरणको खेलमा शीर्षस्थानमा रहँदै सेमिफाइनलमा पुगेको इरानको युवा टोलीले सुरूवात राम्रो गर्यो। पहिलो सेट २५-२१ ले जित्यो। खेलमा १-० अग्रता बनायो। एक सेट गुमाएको क्यालिकटले सानदार कमब्याक गर्यो। […]
December 13, 2024
काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिजका महान पूर्व क्रिकेटर ब्रायन लारा नेपाल आइपुगेका छन्। फ्लाइ दुबईबाट शुक्रवार बिहान लारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् । उनै आजै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अवलोकनका लागि कीर्तिपुरस्थित टियु मैदान पुग्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। उनले ५ ओभर एनपिएलको कमेन्ट्री गर्ने बताइएको छ । लारा […]