मनाङ मर्स्याङदी क्लब विरुद्ध भ्याली च्यासल युवा क्लब
प्रत्यक्ष प्रसारण :
प्रत्यक्ष प्रसारण हेर्न यहाँ थिच्नुहोस्
लिगको आठ खेलमा शत प्रतिशत जित दर्ता गर्दै मनाङ २४ अंक जोड्न सफल भएको छ । उपकप्तान तथा विंगर सुजल श्रेष्ठ घाइते हुनुका बाबजुद पनि मनाङले कुनै अंक गुमाएको छैन । अन्जन विष्ट, विशाल राई र गोलरक्षक विशाल श्रेष्ठको लगातार राम्रो प्रदर्शनमा मनाङले अपराजित यात्रा कायम राखेको हो । यसक्रममा मनाङले उपाधिको दुई बलिया दावेदार रुस्लान थ्री स्टार र त्रिभुवन आर्मी क्लबलाई पनि पराजित गरिसकेको छ ।
यता च्यासलले लिगको सुरुवात फितलो गरेपनि पछिल्लो समय सुखद नतिजा आत्मसात गरेको छ । पछिल्लो खेलमा रातो कार्ड खाएका कारण च्यासलका मुख्य फरवार्ड सन्तोष साहुखल यस खेलका लागि उपलब्ध हुने छैनन् । च्यासललाई यस खेल जित्दै अंक तालिकाको पाँचौ स्थानमा उक्लने अवसर पनि छ । लिगको ८ खेलमा चसलले ४ जित, १ बराबरी र ३ हारसँगै १३ अंक जोडेको छ ।