default_image

4 years ago

March 16, 2022

यती एफसी रातो च्याम्पियन

288 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक यती एफसीको रातो टोलीले कँडेल कन्सल्टेन्सी कपको एघारौं संस्करणको उपाधि जितेको छ । फाइनलमा आयोजककै अर्को टोली यती एफसी निलोलाई टाइब्रेकरमा ५-४ ले पराजित गर्दै रातो टोलीले उपाधि जितेको हो ।

विजेता यती रातोले उपाधिसँगै ट्रफी र ४ हजार ५ सय डलर अष्ट्रेलियन डलर हात पार्न सफल भयो । दोस्रो भएको यती निलोले दुई हजार डलरमा चित्त बुझायो । प्रतियोगिताको तेस्रो स्थान गिरीश इभेन्ट स्पोर्टिङ क्लबले हासिल गर्दा फेयर प्लेको अवार्ड एडिलेड ड्रागन एफसीले हात पार्यो ।

यती रातोका विवेक प्रताप पन्तले सर्वोत्कृष्ट खेलाडीको उपाधि जिते । नेपालको यू-२३ उमेर समूह र त्रिभुवन आर्मी क्लबबाट समेत खेलेका उनले दुई पटक एसीएल शल्यक्रियापछि पुनरागमन गरेको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरे । यती निलोका एलन न्यौपाने उत्कृष्ट गोलकिपर भए । राष्ट्रिय टोलीका सदस्य रहिसकेका उनले थ्री स्टार क्लब र च्यासल युवा क्लबबाट खेलेका छन् ।

सर्वाधिक गोलकर्ताको पुरस्कार गिरीश इभेन्ट स्पोर्टिङ क्लबका विकास गौचन, रोयल वेस्टर्न एफसीबाट जगजित श्रेष्ठ र यति एफसी निलोबाट सुलभ मास्केले हात पारे । जगजित ए डिभिजनमा आर्मीबाट खेलेपछि अष्ट्रेलिया पुगेका हुन् । उनी थाइल्याण्डविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टोलीको प्रशिक्षणमा परेका छन् ।

३५ वर्ष माथि उमेर समुहको प्रतिस्पर्धामा पारा पार्कले उपाधि जित्यो । माछापुच्छ्रे एफसी फाइनलमा पराजित भएको थियो । प्रतियोगिताको फेयर प्ले टीम क्रेगिबर्न ब्रिगेड एससीले हात पार्यो भने सर्वोत्कृष्ट खेलाडी राइज लिम्बु बन्न सफल भए । पारा पार्क एफसीबाट कुनाल योन्जनसर्वाधिक गोलकर्ता, पाराकै समिर तुलाधर उत्कृष्ट गोलरक्षक तथा फाइनलको म्यान अफ द म्याच बन्न सफल भए।

१२ मार्च र १३ मार्चमा भएको प्रतियोगितामा मेल्बर्न, सिड्नी, क्यानबेरा, तास्मानिया र एडीलेडबाट गरेर खुल्ला उमेर समुहमा २४ टीम तथा फरएभर योङ (३५ माथि) उमेर समुहमा ९ टीम गरेर जम्मा ३३ टिमका ६६० खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।

October 31, 2025

एभरेष्ट युनाइटेडलाइ म्याक्सिम्याक्स एजुकेशनकाे प्रायाेजन

मेलवर्न (हाम्रो खेलकुद) – म्याक्सिम्याक्स एजुकेशन तथा भिषा सर्भिसेस प्रालीेले अस्ट्रेलिया मेलवर्नस्थित स्थानीय क्रिकेट क्लब एभरेष्ट युनाइटेडलाइ मुख्य प्रायाेजन गरेकाे छ । मेलवर्नमा एक कार्यक्रम गरी म्याक्सिम्याक्सले क्लबसँगकाे प्रमुख प्रायाेजनसँगै टिमकाे जर्सी पनि सार्वजनिक गरेकाे हाे ‌। म्याक्सिम्याक्सका सीइओ शंकर धरेल, क्लबका प्रतिनिधि राजन मास्के, नेपाली समाज भिक्टाेरियाका उपाध्यक्ष सुदीप श्रेष्ठलगायतले टिमलाइ म्याक्सिम्याक्सकाे लाेगाे अंकित जर्सी […]

October 5, 2025

रविन र प्रतिभा सर्वाेत्कृष्ट

सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) का रविन चन्द ठकुरी र म्याग्दी काली युनाइटेडकी प्रतिभा माली छैटौं ढोरपाटन रनिङ कप पुरुष तथा महिला भलिबल प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । प्रतिभा र रविनले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन उच्च प्रदर्शन गरेका थिए । सर्वाेत्कृष्ट बनेका प्रतिभा र रविनले समान १ सय अस्ट्रेलियन […]

October 5, 2025

मोना र म्याग्दी काली ढोरपाटन रनिङ कप भलिबल च्याम्पियन

सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) र म्याग्दी काली युनाइटेड छैटौं ढोरपाटन रनिङ कप पुरुष तथा महिला भलिबलमा च्याम्पियन बनेका छन् । मोना पुरुषमा तथा म्याग्दी काली महिलामा च्याम्पियन बनेको हो । अस्ट्रेलियाको सिड्नीस्थित अवर्न बास्केटबल सेन्टर लिडकममा आइतवार भएको एक दिने प्रतियोगिताको फाइनलमा रविन चन्दको मोनाले पछिल्लो समय नेपाली घरेलु भलिबलमा […]

Success

Thank you for your time.