default_image

1 week ago

November 3, 2025

मिस्टिक माउन्टेन टेनिस हुँदै

342 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ ।

होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ।
प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् ।

यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स सिंगल्स तथा ब्वाइज/ गर्ल्स डबल्समा खेल हुनेछ । खुलामा पुरुष/महिला सिंगल्समा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा १ सय ३६ पुरुष र ८३ महिला खेलाडी सहभागी हुने छन् ।

दोश्रो संस्करणमा खुला स्पर्धा थपिएको हो । उमेरसमूहको सबै स्पर्धा पहिलो संस्करणमा पनि थियो । नेपाल टेनिस संघको सहयोग तथा जुनियर टेनिस इनिसिएटिभ (जेटिआई) को संयोजनमा हुन लागेको प्रतियोगिताको कुल पुरस्कार राशी २ लाख ७८ हजार रुपैयाँ रहेको छ । सबै स्पर्धामा नगद पुरस्कार राखिएको छ ।

पहिलो संस्करणको पुरस्कार राशीमा दोब्बर भन्दा बढीले बृद्धि गरिएको हो । पहिलो संस्करणको कुल पुरस्कार राशी १ लाख ११ हजार रुपैयाँ रहेको थियो । प्रतियोगिता कात्तिक २२ गते सम्पन्न हुनेछ ।

September 1, 2025

लेख र निशानको जोडी च्याम्पियन

सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्‍मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]

August 29, 2025

सृष्टिमा तेक्वान्दो र फुटसल एकेडेमीको उद्घाटन

काठमाडौं (हाम्रो खेलकुद)- नयाँ बानेश्वरको देवीनगरस्थित सृष्टि एकेडेमीमा तेक्वान्दो र फुटसल एकेडेमी औपचारिक रुपमा आज सञ्चालनमा आएको छ । पेरिस पारालिम्पिकको तेक्वान्दोमा ऐतिहासिक कांस्य विजेता पलेशा गोबर्धन, नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ र सृष्टिकी प्रिन्सिपल वाणी प्रधानले संयुक्त रुपमा एकेडेमीको उद्घाटन गरे । सो अवसरमा पलेशा र सावित्रालाई नगदसहित पनि सम्मान गरिएको […]

August 26, 2025

ब्याडमिन्टनमा अमिताको निरन्तर यात्रा

दिपक बोहोरा ,पाँचथर झापाकी अमिता गिरीको ब्याडमिन्टन खेलाडीका रुपमा यात्रा लामो भइसकेको छ । करिब १० वर्षको उमेरमा बाटोमा अग्रज खेल्दै गरेको देखेर भएको उत्सुकताले उनलाई ब्याडमिन्टनतर्फ तानेको थियो। उनि भन्छिन् सुरुवात सजिलो थिएन। ‘ पारिवारिक सहयोग थिएन, विशेषगरी बाबाले खेलप्रति रुचि देखाउनुभएन। र्‍याकेट महँगो थियो, प्रशिक्षण लिन घरबाट लुकेर जानुपर्थ्यो। १२ वर्ष मुनिको खेल […]

Success

Thank you for your time.