default_image

7 years ago

January 2, 2017

श्रीरामलाई पोखरा भेन्ट्रान्स टेनिस उपाधि

पुस (हाम्रो खेलकुद)– कमल भण्डारीले १४ औं पोखरा ओपन भेट्रान्स टेनिस प्रतियोगिताको ३५ बर्षमाथिको एकल उपाधि जितेका छन् । पोखरा रंगशालामा सोमबार भएको फाइनलमा श्रीराम मगरलाई ६–७,६–३ र सुपरटाईमा १०–७ ले आफ्नों पक्षमा पार्दै कमलले उपाधि जितेका हर् । गत बर्ष श्रीमारले कमललाई हराएको छ । कमलले उपाधिसहित ५० हजार, श्रीरामले २० हजार रुपैयाँ प्राप्त […]

63 views

0 Bookmark

पुस (हाम्रो खेलकुद)– कमल भण्डारीले १४ औं पोखरा ओपन भेट्रान्स टेनिस प्रतियोगिताको ३५ बर्षमाथिको एकल उपाधि जितेका छन् । पोखरा रंगशालामा सोमबार भएको फाइनलमा श्रीराम मगरलाई ६–७,६–३ र सुपरटाईमा १०–७ ले आफ्नों पक्षमा पार्दै कमलले उपाधि जितेका हर् । गत बर्ष श्रीमारले कमललाई हराएको छ । कमलले उपाधिसहित ५० हजार, श्रीरामले २० हजार रुपैयाँ प्राप्त गरे ।

tennis
कास्की जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिता अन्र्तगत सोमबारनै भएको ४५ वर्ष माथिको एकलमा कृष्णराज घलेले राजु श्रेष्ठलाई ६–४, ६–१ मा पराजित गर्दै नगद १५ हजार र ट्रफि पुरस्कार प्राप्त गरे । राजुले ७ हजार रुपैयाँ प्राप्त गरे । ५५ वर्ष माथिको एकल उपाधि मनोज राणाले जिते । मनोजले विदुर विष्टलाई ६–४, ६–३ ले हराएका थिए ।

विजेता खेलााडीहरुलाई कास्की जिल्ला टेनिस संघका संरक्षक कुमार मोहन बहादुर शाही,पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, उपाध्यक्ष सुनिल गुरुङ्ग, क्षेत्रिय प्रशिक्षण विभाग प्रमुख विद्या मर्सानी, अग्रज टेनिस खेलाडी समिर शेरचन, प्रतियोगिताको मुख्य प्रायोजक ट्रयाक्युलिटी स्पाका प्रतिनिधी दिपेन्द्र पहारी लगायतले पुरस्कार वितरण गरे ।

सोही समारोहमा सातौं राष्ट्रिय खेलकुद प्रतियोतिगामा टेनिसतर्फ स्वर्ण जितेका पश्चिमाञ्चलका खेलाडीहरु कुमार अधिकारी, अनिल शाहि, निरज थापा, प्रदिप खड्का र नविन मगरलाई नेप्लिज इन्काउण्टका प्रवन्ध निर्देशक नारायण पहारीले जनही ५ हजार रुपैयाँसहित सम्मान गरिउको थियो ।

Success

Thank you for your time.