default_image

7 years ago

April 27, 2017

उपाधि रक्षाका लागि संरक्षकभूषणले जितेन्द्रको सामना गर्ने

काठमाडौं(हाम्रो खेलकुद)– जितेन्द्र परियार पाँचौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताअन्तर्गत पुरुष सिंगल्सको फाइनलमा पुगेका छन् । जितेन्द्रले तेश्रो एवं निर्णायक सेटमा प्रणव खनाललाई ६–३ ले पराजित गर्दै अन्तिम दुईको यात्रा तय गरेका हुन् । बुधबार सुरु भएको यी दुईबीचको सेमिफाइनल १–१ सेटको बराबरी अवस्थामा रहेका बेला समय अभावका कारण रोकिएको थियो । त्यसमा जितेन्द्रले पहिलो […]

43 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद)– जितेन्द्र परियार पाँचौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताअन्तर्गत पुरुष सिंगल्सको फाइनलमा पुगेका छन् । जितेन्द्रले तेश्रो एवं निर्णायक सेटमा प्रणव खनाललाई ६–३ ले पराजित गर्दै अन्तिम दुईको यात्रा तय गरेका हुन् ।

कुमार अधिकारी र जितेन्द्र परियारको जोडी डबल्समा प्रतिस्पर्धा गर्दै ।

बुधबार सुरु भएको यी दुईबीचको सेमिफाइनल १–१ सेटको बराबरी अवस्थामा रहेका बेला समय अभावका कारण रोकिएको थियो । त्यसमा जितेन्द्रले पहिलो सेट ७–५ र दोश्रो सेटमा प्रणवले ६–३ ले जितेका थिए । जितेन्द्रले फाइनलमा साविक विजेता संरक्षकभूषण वज्राचार्यको सामना गर्नेछन् ।

जितेन्द्रले डबल्समा भने कुमार अधिकारीसँग मिलेर उपाधि नै जिते । जितेन्द्र र कुमारको जोडीले फाइनलमा सन्तोष खत्री र दावा शेर्पालाई ६–३ र ६–३ को सोझो सेटमा हराए । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको मुख्य प्रायेजनमा काठमाडौं जिल्ला लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको भेट्रान ६५ वर्षमाथि पुरुष सिंगल्समा दीपकमान श्रेष्ठ च्याम्पियन बने । उनले फाइनलमा ज्ञानेन्द्र ताम्राकारलाई ४–२ र ४–१ ले हराए ।

भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा महेश श्रेष्ठले निरज थापालाई ६–२ र ६–३ तथा कमल भण्डारीले राजु श्रेष्ठलाई ६–० र ६–४ को सोझो सेटमा पराजित गर्दै फाइनल यात्रा तय गरे । ४५ वर्षमाथि पुरुष सिंगल्समा मनोज शाहले समिर शेरचनलाई ६–० र ६–२ तथा प्रदीप शाहले प्रताप मोक्तानलाई ६–२, ३–६ र १०–५ ले निराश पार्दै फाइनल पुगे ।

भेट्रान ५५ वर्षमाथि पुरुष डबल्समा मनोज राणा र छ्याम्बा डुन्डुप तथा पृथ्वी गुरुङ र राजेन्द्र गैरेको जोडी उपाधिका लागि भिड्ने छन् । मनोज र छ्याम्बाको जोडीले सेमिफाइनलमा कर्म घले र पृथ्वी थाकालीको जोडीलाई ६–३ र ६–२ तथा पृथ्वी र राजेन्द्रको जोडीले सहदेव ढुंगाना र ध्रुव गुरुङको जोडीलाई ६–० र ६–४ को सोझो सेटमा हरायो ।

मिक्स डबल्समा श्रीराम मगर र इरा रावतको जोडीले गंगा शर्मा र शक्ति शर्माको जोडीलाई ६–३ र ६–२ तथा संरक्षकभूषण वज्राचार्य र मायांका राणाको जोडीले नवीन पुन र प्रेरणा कोइरालाको जोडीलाई ६–२ र ६–२ को सोझो सेटमा हराउदै फाइनलमा पुग्यो । भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्समा मनोज लामाले दिलिप सिंहलाई ६–२ र ६–१ तथा प्रदीप शाहले ध्रुव गुरुङलाई ६–४ र ६–३ को सोझो सेटमा पराजित गर्दै फाइनल भेट पक्का गरे ।

Success

Thank you for your time.