default_image

7 years ago

May 16, 2017

दोश्रो दिनमा नेपालको फितलो प्रदर्शन

काठमाडौं (हाम्रो खेलकुद) – आईटीएफ एसियाली यु–१२ टिम च्याम्पियनसिपको दक्षिण एसियाली छनोट अन्तर्गत दोश्रो दिन मंगलबार भएको खेलमा नेपालको प्रदर्शन  गरेको छ। भारत र श्रीलंकाले दोहोरो जित हात पार्दा बंगलादेशले पनि एक जित आत्मासात् गर्यो । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइजको समूह ‘बी’ को प्रतिस्पर्धामा बंगलादेशले नेपाललाई २–१ ले पराजित गर्यो । सिंगल्समा बंगलादेशका मोहमद […]

46 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आईटीएफ एसियाली यु–१२ टिम च्याम्पियनसिपको दक्षिण एसियाली छनोट अन्तर्गत दोश्रो दिन मंगलबार भएको खेलमा नेपालको प्रदर्शन  गरेको छ। भारत र श्रीलंकाले दोहोरो जित हात पार्दा बंगलादेशले पनि एक जित आत्मासात् गर्यो ।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइजको समूह ‘बी’ को प्रतिस्पर्धामा बंगलादेशले नेपाललाई २–१ ले पराजित गर्यो । सिंगल्समा बंगलादेशका मोहमद रोमन होसैनले नेपालका आरभसम्राट हाडालाई ५–३ र ४–१ को सोझो सेटमा हराए । अर्को सिंगल्समा नेपालका आर्यन गिरीले बंगलादेशका हसन माहादी अल्भेलाई १–४, ४–० र ४–१ ले हराउदै खेललाई १–१ को बराबरी स्थितिमा ल्याएका थिए । डबल्समा भने नेपाली जोडी आरभ र आर्यन बंगलादेशी जोडी रोमन र जुवैद उत्सोसंग ५–४ (२) र ४–२ ले चुके ।

ब्वाइजको समूह ‘ए’ मा भारतले भुटानलाई ३–० पाखा लगायो । गर्ल्सको समूह ‘ए’ मा पनि भारतले नेपाललाई ३–० कै नतिजामा निराश पार्दै दोहोरो जित निकाल्न सफल भयो । नेपालबाट सर्भानी श्रेष्ठ र ईशाश्री शाहले सिंगल्समा प्रतिस्पर्धा गरेका थिए भने सर्भानी र सुभांगीलक्ष्मी शाहले डबल्समा खेलेका थिए । तीनवटै स्पर्धामा नेपाली खेलाडी सोझो सेटमा पराजित भए ।

अखिल नेपाल लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको समूह ‘बी’ अन्तर्गत ब्वाइजमा श्रीलंकाले भुटानलाई ३–० तथा गर्ल्समा पाकिस्तानलाई २–१ ले पन्छायो । सोमबार वर्षा बाधक बनेपछि पूरा हुन नसकेको खेल पनि मंगलबार सम्पन्न भएको छ । त्यसमा ब्वाइजतर्फ नेपालले श्रीलंकालाई २–१, बंगलादेशले पाकिस्तानलाई २–१ र भुटानले माल्दिभ्सलाई ३–० तथा गल्र्समा बंगलादेशले भुटानलाई २–१ को नतिजामा हराए । श्रीलंका विरुद्धको खेलमा नेपालबाट आरभ र आर्यन कोर्टमा उत्रेका थिए । पहिलो सिंगल्समा हार व्यहोरेको नेपालले त्यसपछिको सिंगल्स र डबल्समा जित हात पार्दै नतिजा आफ्नो पक्षमा पारेको थियो ।

Success

Thank you for your time.