default_image

7 years ago

August 9, 2017

पोखरा स्पोर्टस् अवार्डका सहयोगीलाई मञ्चले धन्यवाद दियो

पोखरा (हाम्रो खेलकुद) – सबै क्षेत्रको सहयोगमा दोस्रो पोखरा स्पोर्टस् अवार्ड २०७३ सफलतापूर्वक सम्पन्न भएको आयोजक नेपाल खेलकूद पत्रकार मञ्च, समन्वय शाखा कास्कीले जनाएको छ । शनिबार सम्पन्न अवार्डको मञ्चले बुधबार समिक्षा बैठकमार्फत सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरेको छ । अवार्ड आयोजना गर्नका लागि विभिन्न संघसंस्था तथा स्वदेश विदेशमा रहेका पूर्व खेलाडी, खेल संघसंस्था एवं […]

44 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – सबै क्षेत्रको सहयोगमा दोस्रो पोखरा स्पोर्टस् अवार्ड २०७३ सफलतापूर्वक सम्पन्न भएको आयोजक नेपाल खेलकूद पत्रकार मञ्च, समन्वय शाखा कास्कीले जनाएको छ । शनिबार सम्पन्न अवार्डको मञ्चले बुधबार समिक्षा बैठकमार्फत सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।

Pokhara Sports Award 2073

अवार्ड आयोजना गर्नका लागि विभिन्न संघसंस्था तथा स्वदेश विदेशमा रहेका पूर्व खेलाडी, खेल संघसंस्था एवं खेलप्रेमीले आर्थिक सहयोग प्रदान गरेका थिए । सल्लाहकार समिति संयोजक एवं नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले कार्यक्रम अत्यन्त सफल भएको जनाउँदै कामले काम सिकाउने भएकाले आगामी दिनमा देखिएका कमजोरी सुधार गर्दै अघि बढ्नुपर्ने बताए ।

सल्लाहकार एवं संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवालीले पोखरा स्पोर्टस् अवार्ड यहाँको खेलजगतकै अत्यन्त गरिमामय कार्यक्रम बनेको बताए । खेल पत्रकारले सहयोग जुटाएरै यहाँको खेलकुदको विकासमा टेवा पु¥याउने उद्देश्यले निस्वार्थ भावमा लागिपरेको भन्दै ज्ञवालीले अवार्ड सबै पत्रकारको साझा कार्यक्रम भएको उल्लेख गरे ।

सल्लाहकार एवं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङले पत्रकार र खेलकुदकर्मीको साझा कार्यक्रम भएकाले सबैलाई समेट्दै अघि बढ्नुपर्ने बताए । मञ्चका अध्यक्ष केशव पाठकले देश देखि विदेशबाट गत वर्ष भन्दा दोब्बर बढि आर्थिक सहयोग जुटेको उल्लेख गर्दै सबैप्रति धन्यवाद ज्ञापन गरे । सचिव रञ्जन अधिकारीले कमीकमजोरी देखिएका क्षेत्रमा सुधार गर्दै अघि बढ्ने बताउँदै सहयोगी सबैलाई धन्यवाद व्यक्त गरे ।

दोस्रो पोखरा स्पोर्टस् अवार्डमा लाईफटाईम अचिभमेनट अवार्डबाट पुराना खेलाडी खड्गबहादुर रानाभाट, उत्कृष्ट खेलाडी पुरुषतर्फ लनटेनिसका कुमार अधिकारी, वर्ष उत्कृष्ट खेलाडी महिलातर्फ भलिबलकी अरुणा शाही, उदयीमान खेलाडी भलिबल/एथ्लेटिक्सकी ममता डगौरा, उत्कृष्ट प्रशिक्षक तेक्वान्दोका सुनबहादुर लामा तथा उत्कृष्ट खेल संघबाट कास्की जिल्ला लनटेनिस संघले अवार्ड प्राप्त गरेका थिए ।

पोखरा लेखनाथ महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद्, हिमश्री फुड्स प्रालि, सहारा क्लब यूके, मुछेत्र गुरुङ (एनआरएन, यूके) ले ५० हजार बढि सहयोग प्रदान गरेका थिए । दर्जनौं संघसंस्था एवं व्यक्तिले १० हजारदेखि माथि आर्थिक सहयोग गरेका छन् ।

Success

Thank you for your time.