default_image

7 years ago

August 30, 2017

फेडेरर यूएस ओपनको दोस्रो चरणमा

न्यू योर्क (एजेन्सी) – १९ पटकका ग्रान्ड स्लाम विजेता रोजर फेडेररले १९ वर्षे अमेरिकी खेलाडी फ्रान्सिस टिआफोलाई ५ सेटको रोमाञ्चक खेलमा हराउँदै जारी यूएस ओपनको दोस्रो चरणमा प्रवेश गरेका छन्। टिआफोका प्रेरणा रहेका फेडेररमाथि उनले पहिलो सेटमा २–० को अग्रता बनाउँदै सेट ६–४ ले जित्न पुगेका थिए । तर दोस्रो सेटदेखि फेडेररले आफ्नो अनुभवको सदुपयोग […]

42 views

0 Bookmark

न्यू योर्क (एजेन्सी) – १९ पटकका ग्रान्ड स्लाम विजेता रोजर फेडेररले १९ वर्षे अमेरिकी खेलाडी फ्रान्सिस टिआफोलाई ५ सेटको रोमाञ्चक खेलमा हराउँदै जारी यूएस ओपनको दोस्रो चरणमा प्रवेश गरेका छन्।

टिआफोका प्रेरणा रहेका फेडेररमाथि उनले पहिलो सेटमा २–० को अग्रता बनाउँदै सेट ६–४ ले जित्न पुगेका थिए । तर दोस्रो सेटदेखि फेडेररले आफ्नो अनुभवको सदुपयोग गरे । विश्व वारीयतमा तेस्रो नम्बरमा रहेका फेडेररले २ घण्टा ३७ मिनेटसम्म चलेको प्रतिस्पर्धात्मक खेलमा ४–६, ६–२, ६–१, १–६, ६–४ ले बाजी मारे ।

अघिल्लो वर्ष फेडेररले घुँडाको चोटका कारण यूएस ओपन खेलेका थिएनन् । चोटमुक्त भएर फर्केपछि उनले यो वर्ष अस्ट्रेलियन र विम्बल्डन ओपन जितिसकेका छन् । मिआमी मास्टर्समा भएको अघिल्लो भेटमा फेडेररले टिआफोलाई ७–६, ६–३ को सोझो सेटमा हराएका थिए ।

पाँच पटक यूएस ओपन च्याम्पियन रहेका फेडेरर आफ्नो २० औं उपाधिको यात्रामा छन् । जितपछि बोल्दै फेडेररले आफ्नो खुसी व्यक्त गरे र आफू हरेक दिन अझ स्वस्थ हुँदै गएको जनाए । ढाडको समस्याको कारण फेडेररले यही महिना आयोजित भएको सिन्सिनाटी मास्टर्सबाट नाम फिर्ता लिनु परेको थियो ।

Success

Thank you for your time.