default_image

7 years ago

August 31, 2017

सारापोभा युएस ओपनको तेस्रो चरणमा

न्युयोर्क(एजेन्सी) -रसियन टेनिस सुन्दरी मारिया सारापोभा युएस ओपन टेनिस प्रतियोगिताको तेस्रो चरणमा प्रवेश गरेकी छिन् । न्यूयोर्कस्थित फ्ससिङ मेडोजकोर्टमा भएको दोस्रो चरणको खेलमा मारिया सारापोभाले हंगेरीका टिमिया बाबोसलाई पराजित गर्दै तेस्रो चरणमा प्रवेश गरेकी हुन् । सारापोभा पहिलो सेटमा ७–६ ले पछि परेपनि त्यसपछिको लगातार दुई सेट ६–४ र ६–१ ले आफ्नो पक्षमा पार्दै तेस्रो […]

38 views

0 Bookmark

न्युयोर्क(एजेन्सी) -रसियन टेनिस सुन्दरी मारिया सारापोभा युएस ओपन टेनिस प्रतियोगिताको तेस्रो चरणमा प्रवेश गरेकी छिन् ।

Sara

न्यूयोर्कस्थित फ्ससिङ मेडोजकोर्टमा भएको दोस्रो चरणको खेलमा मारिया सारापोभाले हंगेरीका टिमिया बाबोसलाई पराजित गर्दै तेस्रो चरणमा प्रवेश गरेकी हुन् । सारापोभा पहिलो सेटमा ७–६ ले पछि परेपनि त्यसपछिको लगातार दुई सेट ६–४ र ६–१ ले आफ्नो पक्षमा पार्दै तेस्रो चरणमा प्रवशे गरेकी हुन् ।

करिव १५ महिनाको डोपिङ ब्याण्डबाट फुकुवा हुदै पहिलो ग्राण्डस्लाममा सहभागिता जनाएकी सारापोभाले बाबोसलाई पराजित गर्न २ घण्टा २० मिनेट समय खर्चिएकी थिइन् । सन् २००६ को च्याम्पियन सारापोभाले अब चौथो चरणमा अमेरिकी सोफिया केनिनसँग प्रतिस्पर्धा गर्नेछिन् ।

Success

Thank you for your time.