default_image

7 years ago

September 2, 2017

सारापोभा युएस ओपन टेनिसको चौथो चरणमा

न्यू योर्क (एजेन्सी)- रसियन टेनिस सुन्दरी मारिया सारापोभा अमेरिकामा जारी युएस ओपन टेनिस प्रतियोगिताको चौथो चरणमा प्रवेश गरेकी छिन् । न्यूयोर्कस्थित अर्थर एसे स्टेडियममा शनिबार बिहान भएको खेलमा सारापोभाले अमेरिकी खेलाडी सोफिया केनिनलाई २–० को सोझो सेटमा पराजित गर्दै चौथो चरणमा प्रवेश गरेकी हुन् । ३० वर्षीय सारापोभाले १८ वर्षीय सोफियालाई ७–५ र ६–२ को […]

42 views

0 Bookmark

न्यू योर्क (एजेन्सी)- रसियन टेनिस सुन्दरी मारिया सारापोभा अमेरिकामा जारी युएस ओपन टेनिस प्रतियोगिताको चौथो चरणमा प्रवेश गरेकी छिन् । न्यूयोर्कस्थित अर्थर एसे स्टेडियममा शनिबार बिहान भएको खेलमा सारापोभाले अमेरिकी खेलाडी सोफिया केनिनलाई २–० को सोझो सेटमा पराजित गर्दै चौथो चरणमा प्रवेश गरेकी हुन् ।

३० वर्षीय सारापोभाले १८ वर्षीय सोफियालाई ७–५ र ६–२ को सेटमा पराजित गरिन् । प्रतिस्पर्धात्मक बनेको पहिलो सेटमा पाँचपटकको ग्राण्डस्लाम च्याम्पियन सारापोभाले बराम्बर गल्ती गर्दा खेल लम्बिएको थियो । एक समय ४–१ को अवस्थामा रहेको सारापोभाले लगातार अंक गुमाइरहेको थियो ।

तरपनि सारापोभाले खेल आफ्नै पक्षमा पारिन् । दोस्रो सेटमा सारापोभा खेलमा पुरै हावी भईन् । चौथो चरणमा प्रवेश गरेसँगै सारापोभाले आफ्नो लक्ष्य हरेक खेल जित्नु रहेको बताउदै यसमा सुधार भैरहेको बताईन् । डोपिङ टेष्टमा असफल भएपछि करिव १५ महिनाको प्रतिबन्ध खेपेकी सारापोभाले १९ महिनापछि पहिलोपटक ग्राण्डस्लाममा सहभागिता जनाएकी थिईन् ।

Success

Thank you for your time.