default_image

7 years ago

September 3, 2017

नाडाल युएस ओपनको चौथो चरणमा

न्यूयोर्क (एजेन्सी) -स्पेनिस राफयल नाडाल न्यूयोर्कमा जारी वर्षको अन्तिम ग्राण्डस्लाम युएस ओपन टेनिसको चौथो चरणमा प्रवेश गरेका छन् । शीर्ष वरियताका नाडालले आइतबार बिहान भएको तेस्रो चरणको खेलमा लियोनार्दाे मायरलाई ३–१ को सेटमा पराजित गर्दै युएस ओपन टेनिसको चौथो चरणमा प्रवेश गरेका हुन् । नाडालले अर्जेन्टिनाका मायरमाथि ६–७, ६–३, ६–१ र ६–४ को सेटमा पराजित […]

38 views

0 Bookmark

न्यूयोर्क (एजेन्सी) -स्पेनिस राफयल नाडाल न्यूयोर्कमा जारी वर्षको अन्तिम ग्राण्डस्लाम युएस ओपन टेनिसको चौथो चरणमा प्रवेश गरेका छन् । शीर्ष वरियताका नाडालले आइतबार बिहान भएको तेस्रो चरणको खेलमा लियोनार्दाे मायरलाई ३–१ को सेटमा पराजित गर्दै युएस ओपन टेनिसको चौथो चरणमा प्रवेश गरेका हुन् ।

Nadal

नाडालले अर्जेन्टिनाका मायरमाथि ६–७, ६–३, ६–१ र ६–४ को सेटमा पराजित गरे । १५ पटकको ग्राण्डस्लाम च्याम्पियन नाडालले पहिलो सेट ६–७ ले गुमाउनका बावजुत बाँकी तीन सेटमा उत्कृष्ट प्रदर्शन गर्दै जित निकाले ।

लियोनार्दाेविरुद्ध जित हात पारेपछि शीर्ष वरियताका नाडालले जितमा खुशी रहेको र हरेक सेट प्रतिस्पर्धात्मक भएको बताए । ‘मलाई थाहा छैन । मैले कति ब्रेक प्वाइन्ट लिए ।’ नाडालले भने, ‘म मानसिक रुपमा तयार थिए । मलाई लाग्छ यो राम्रो नतिजा हैन तर, मैले आज उत्कृष्ट प्रदर्शन गरे ।’ शनिबार राति नै तेस्रो वरियताका स्वीस रोजर फेडेररले फेलिसियानो लोपेजलाई पराजित गर्दै चौथो चरणमा प्रवशे गरेका छन् ।

यस्तै पुरुषतर्फ डोमिनिथ थिम र जुवान मार्टिन डेल पोर्टाेले पनि चौथो चरणमा प्रवेश गरेका छन् । नाडालले चौथो चरणमा युक्रेनका एलेक्सन्डर डोलगोपोलोभसँग प्रतिस्पर्धा गर्नेछ । यस्तै युएस ओपनको महिलातर्फ शीर्ष वरियताका क्यारोलिना पिरसकोभाले अन्तिमा १६ मा स्थान बनाएकी छिन् । क्यारोलिनाले चीनकी शावि झाङलाई ३–६, ७–५ र ६–४ को सेटमा पारजित गरिन् ।

Success

Thank you for your time.