default_image

7 years ago

September 8, 2017

स्टेफन र माडिसन दुवै पहिलो पटक युएस ओपनको फाइनलमा

न्यूयोर्क (एजेन्सी) – वर्षको अन्तिम ग्रान्ड स्लामका रुपमा रहेको यूएस ओपन टेनिसको महिलातर्फको उपाधि यसपटक अमेरिकामै रहने यसअघि नै पक्का भइसकेको थियो । कारण सेमिफाइनल पुग्ने सबै खेलाडी अमेरिकन नै थिए । अब उपाधिका लागि भने सोलेनी स्टेफन र माडिसन किबीच प्रतिस्पर्धा हुने भएको छ । सोलेनीले दुई पटकको च्याम्पियन भेनस विलियम्सलाई तथा माडिसने किले […]

38 views

0 Bookmark

न्यूयोर्क (एजेन्सी) – वर्षको अन्तिम ग्रान्ड स्लामका रुपमा रहेको यूएस ओपन टेनिसको महिलातर्फको उपाधि यसपटक अमेरिकामै रहने यसअघि नै पक्का भइसकेको थियो । कारण सेमिफाइनल पुग्ने सबै खेलाडी अमेरिकन नै थिए । अब उपाधिका लागि भने सोलेनी स्टेफन र माडिसन किबीच प्रतिस्पर्धा हुने भएको छ ।

सोलेनीले दुई पटकको च्याम्पियन भेनस विलियम्सलाई तथा माडिसने किले कोको भाण्डेवेगेलाई पराजित गर्दै उपाधि नजिक पुगेका हुन् । दुवै खेलाडी पहिलोपटक ग्राण्डस्लामको फाइनलमा पुग्न सफल भएका हुन् । शुक्रबार बिहान भएको खेलमा सोलेनीले नवौं वरियताको भेनस विलियम्सलाई २–१ को सेटमा पराजित गर्दै उपाधि नजिक पुगेकी हुन् ।

पहिलो सेटमा ६–१ को सहज जित निकालेको सोलेनीले दोस्रो सेट ६–० ले गुमाएकी थिइन् । तर, निकै प्रतिस्पर्धात्मक बनेको तेस्रो सेटमा भेनस विलियम्सले लगातार गल्ती गरेपछि सोलेनीले खेल ७–५ ले नतिजा आफ्नो पक्षमा परिन् । भर्खरै ८३ औं वरियता पाएकी २४ वर्षीय सोलेनी खुट्टाको चोटका कारण झन्डै एक वर्षपछि कोर्टमा फर्केकी हुन् । त्यसयता सोलेनीले १६ खेलमध्ये १४ खेलमा जित हात पार्न सफल भएको छ ।

भेनसलाई पराजित गरेपछि सोलेनीले आफुसँग वर्णन गर्ने कुनै शब्द नै नरहेको बताएकी छिन् । ‘मसँग वर्णन गर्ने कुनै शब्द छैन,’ स्टेफनले भनिन्, ‘जहाँसम्म मैले तेस्रो सेटको खेलमा पुनरागमन गरे । यो सबै मेहनतको प्रतिफल हो ।’माडिसनले कोको भाण्डेवेगेलाई ६–१ र ६–२ को सोझो सेटमा पाखा लगाउदै सोलनीसँगको भेट पक्का गरिन् ।

Success

Thank you for your time.