default_image

7 years ago

September 9, 2017

नाडाल युएस ओपनको फाइनलमा

न्यूयोर्क (एजेन्सी) – शीर्ष वरियताका स्पेनिस खेलाडी राफेल नाडाल वर्षको अन्तिम ग्रान्डस्लाम युएस ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छ । न्यूयोर्कमा शनिबार बिहान भएको खेलमा नाडालले अर्जेन्टिनाका हुवान मार्टिन डेल पोर्टाेलाई पराजित गर्दै वर्षको अन्तिम ग्रान्डस्लाम युएस ओपनको फाइनलमा प्रवेश गरेका हुन् । ३१ वर्षीय नाडालले डेल पोर्टाेमाथि ४–६, ६–०, ६–३ र ६–२ को जित निकाले । […]

38 views

0 Bookmark

न्यूयोर्क (एजेन्सी) – शीर्ष वरियताका स्पेनिस खेलाडी राफेल नाडाल वर्षको अन्तिम ग्रान्डस्लाम युएस ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छ । न्यूयोर्कमा शनिबार बिहान भएको खेलमा नाडालले अर्जेन्टिनाका हुवान मार्टिन डेल पोर्टाेलाई पराजित गर्दै वर्षको अन्तिम ग्रान्डस्लाम युएस ओपनको फाइनलमा प्रवेश गरेका हुन् ।

Nada

३१ वर्षीय नाडालले डेल पोर्टाेमाथि ४–६, ६–०, ६–३ र ६–२ को जित निकाले । १६ पटकको ग्रान्डस्लाम च्याम्पियन नाडालले अब उपाधिका लागि दक्षिण अफ्रिकाका केभिन एण्डरसनसँग आइतबार प्रतिस्पर्धा गर्नेछन् । एन्डरसनले सेमिफाइनलमा पाब्लो कोरेरोलाई ४–६, ७–५, ६–३ र ६–४ को सेटमा पराजित गर्दै दक्षिण अफ्रिकाका एन्डरसन ग्रान्डस्लाम टेनिसमा पहिलोपटक फाइनलमा पुग्न सफल भएका हुन् । एन्डरसन सन् १९७३ पछि कम वरियताको भएर फाइनलमा पुग्ने पहिलो खेलाडी बने ।

डेल पोर्टाेमाथि जित निकालेपछि नाडालले पहिलो सेट गुमाएपछि खेलमा केही परिवर्तन गर्दा जित सहज भएको बताएका छन् । ‘केही समस्या र इन्जुरीका कारण मैले कोर्टमा औसतको प्रदर्शन गरे । आजको खेल जीवनको लागि ऐतिहासिक बन्यो ।’ नाडालले भने, ‘दर्शकको अपार मायाले पनि मैले डेल पोर्टाेमाथि लड्न सके । यो मेरो लागि महत्वपूर्ण छ ।’ नाडालले आइतबार केभिनविरुद्ध हुने फाइनल खेल प्रतिस्पर्धात्मक हुने बताएका छन् ।

Success

Thank you for your time.