default_image

7 years ago

September 11, 2017

नाडाललाई युएस ओपन टेनिसको उपाधि

न्यूयोर्क (एजेन्सी) – शीर्ष वरियताका स्पेनिस टेनिस खेलाडी राफेल नाडालले वर्षको अन्तिम ग्रान्डस्लाम युएस ओपन टेनिसको उपाधि जितेका छन् । न्यूयोर्कमा सोमबार बिहान भएको खेलमा शीर्ष वरियताका नाडालले दक्षिण अफ्रिकाका केभिन एण्डरसनलाई ३–० को सोझो सेटमा पराजित गर्दै वर्षको अन्तिम ग्रान्डस्लाम युएस ओपन टेनिसको उपाधि जितेका हुन् । ३१ वर्षीय नाडालले एण्डरसनमाथि ६–३, ६–३ र […]

37 views

0 Bookmark

न्यूयोर्क (एजेन्सी) – शीर्ष वरियताका स्पेनिस टेनिस खेलाडी राफेल नाडालले वर्षको अन्तिम ग्रान्डस्लाम युएस ओपन टेनिसको उपाधि जितेका छन् । न्यूयोर्कमा सोमबार बिहान भएको खेलमा शीर्ष वरियताका नाडालले दक्षिण अफ्रिकाका केभिन एण्डरसनलाई ३–० को सोझो सेटमा पराजित गर्दै वर्षको अन्तिम ग्रान्डस्लाम युएस ओपन टेनिसको उपाधि जितेका हुन् ।

Nadal

३१ वर्षीय नाडालले एण्डरसनमाथि ६–३, ६–३ र ६–४ को सोझो सेटमा पराजित गरे । नाडालको यो १६ औं ग्रान्डस्लाम उपाधि हो भने यो वर्षको दोस्रोे ग्रान्डस्लाम उपाधि हो । नाडालले यसअघि फ्रेन्च ओपन जितेका थिए । यस्तै नाडालले सन् २०१३ पछि युएस ओपन जित्न सफल भएका हुन् । जितपछि नाडालले यो वर्ष के भैरहेको छ, आफैलाई थाहा नभएको बताए ।

Success

Thank you for your time.