default_image

7 years ago

October 15, 2017

फेडेरर च्याम्पियन

सांघाई (एजेन्सी)- स्वीस टेनिस खेलाडी रोजर फेडेरर चीनमा जारी सांघाई मास्टर्स टेनिस प्रतियोगिताको च्याम्पियन बनेका छन् । दोस्रो वरियताका ३६ वषीर्यय फेडेररले शीर्ष वरियताका स्पेनिस राफेल नाडाललाई २–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेका हुन् । पहिलो सेट ६–४ ले आफ्नो पक्षमा पारेको फेडेररले दोस्रो सेट ६–४ ले आफ्नो पक्षमा पार्न सफल भयो । […]

38 views

0 Bookmark

सांघाई (एजेन्सी)- स्वीस टेनिस खेलाडी रोजर फेडेरर चीनमा जारी सांघाई मास्टर्स टेनिस प्रतियोगिताको च्याम्पियन बनेका छन् । दोस्रो वरियताका ३६ वषीर्यय फेडेररले शीर्ष वरियताका स्पेनिस राफेल नाडाललाई २–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेका हुन् ।

पहिलो सेट ६–४ ले आफ्नो पक्षमा पारेको फेडेररले दोस्रो सेट ६–४ ले आफ्नो पक्षमा पार्न सफल भयो । यसवर्ष नाडालमाथि फेडेररको यो पाँचौ जित हो । यससँगै फेडेररले यसवर्ष छैटौंपटक टेनिस प्रतियोगिताको उपाधि जित्न सफल भएका छन् ।

‘आज मैले फेरि एकपटक नाडालसँग कुनै गल्ती नगरी उत्कृष्ट खेल खेल्न सफल भए । यो एकदमै क्लियर छ ।’ १९ पटकको ग्राण्डस्लाम च्याम्पियन फेडेररले जितपछि भने, ‘मैले शुरुवात निकै राम्रो सँग गर्न सके । म अझै पनि आश्चर्यमा छु । मैले यहँ फेरि जित्न सके ।’

Success

Thank you for your time.