default_image

6 years ago

October 27, 2017

यू–१४ वरियता टेनिस पर्सीबाट

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल लन टेनिस संघको आयोजनामा दोस्रोपटक सातदोबाटोमा आइतबारबाट सर्किट १ र २ को यू–१४ यू–१४ वरियता (र्याङकिङ) टेनिस पर्सीबाट प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा नेपाल सहित भारत, हङकङ र अमेरिकाका खेलाडीले प्रतिस्पर्धा गर्ने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । सर्किट १ का खेलहरु अक्टोबर ३० देखि नोभेक्बर ३ तारिख […]

39 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल लन टेनिस संघको आयोजनामा दोस्रोपटक सातदोबाटोमा आइतबारबाट सर्किट १ र २ को यू–१४ यू–१४ वरियता (र्याङकिङ) टेनिस पर्सीबाट प्रतियोगिता हुने भएको छ ।

प्रतियोगितामा नेपाल सहित भारत, हङकङ र अमेरिकाका खेलाडीले प्रतिस्पर्धा गर्ने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । सर्किट १ का खेलहरु अक्टोबर ३० देखि नोभेक्बर ३ तारिख सम्म र सर्किट २ का खेलहरु नोभेम्बर ६ देखि १० गते सम्म सातदोवाटोस्थित टेनिस कम्प्लेक्समा हुने बताइएको छ ।

एसियाली टेनिस महासंघको सहयोगमा हुने प्रतियोगितामा नेपाली ९ पुरुष र १३ महिला खेलाडी सहभागी हुनेछन् । प्रतियोगितामा व्यक्तिगत तर्फ पहिलो, दोश्रो, तेश्रो र चौथो हुनेले क्रमशः २ सय, १ सय ३३, सय र ८० अंक प्राप्त गर्नेछन् । ३२ औं स्थान सम्म रहेका खेलाडीहरुले एक अंक प्राप्त गर्नेछन् । यस्तै जोडीतर्फ पहिलो, दोश्रो, तेश्रो र चौथो हुने जोडीले क्रमशः २ सय, १ सय २०, ८० र ४० अंक प्राप्त गर्नेछन् ।

टेनिस संघले आयोजना गर्न लागेको यो पाँचौं अन्तराष्ट्रिय प्रतियोगिता हो । यस अघि यु–१४ र्याङकिङ प्रतियोगिता २०१६, आईटिएफ यु–१८ जुनियर ग्रेड २०१७, आईटिएफ÷एटीएफ यु–१२ टिम च्याम्पियनसिपको दक्षिण एसियाली छनोट २०१७ र एनआईसी एशिया आईटिएफ नेपाल सिनियर्स प्रतियोगिता २०१७ नेपालमा आयोजना भएको थियो ।

१० लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताको खेलाडीको दर्ता शुल्का ३० अमेरिकी डलर राखिएको छ । प्रतियोगितालाई केशा ग्रुपले प्रायोजना गर्ने भएको छ । मुख्य प्रायोजन वापत केशाले संघलाई ५ लाख रुपैयाँ दिने बताइएको छ ।

Success

Thank you for your time.