default_image

6 years ago

November 1, 2017

ओसाङ,बृजेश र आयुष टेनिसमा जिल्ला च्याम्पियन

दिपक न्यौपाने बुटवल – रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको आयोजनामा बुटवलमा प्रथम जिल्ला स्तरीय खुल्ला जुनियर लन टेनिस प्रतियोगितामा यू ८ मा ओसाङ थापा विजयी भएका छन् । एन्फा एकेडेमी बुटवल देबिनगरमा रहेको लन टेनिसकोर्टमा बुधबार ओसाङले फाइनलमा दिपलभ रजालीलाई हराए । निश्चल ज्ञवालीले तेस्रो भए । यू ९ मा बृजेश अर्याल विजयी भए भने […]

40 views

0 Bookmark

दिपक न्यौपाने
बुटवल – रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको आयोजनामा बुटवलमा प्रथम जिल्ला स्तरीय खुल्ला जुनियर लन टेनिस प्रतियोगितामा यू ८ मा ओसाङ थापा विजयी भएका छन् ।

एन्फा एकेडेमी बुटवल देबिनगरमा रहेको लन टेनिसकोर्टमा बुधबार ओसाङले फाइनलमा दिपलभ रजालीलाई हराए । निश्चल ज्ञवालीले तेस्रो भए । यू ९ मा बृजेश अर्याल विजयी भए भने अनिष श्रेष्ठ दोस्रो र योगेश ज्ञवाली तेस्रो भए ।

यू १२ को फाइनलमा आयुष गुरुङले रितेश ज्ञवालीलाई पराजित गरे । दिपेश ज्ञवाली तेस्रो भए । आयोजक क्लबका ए.जी. बालकृष्ण अर्याल, क्लबका अध्यक्ष रमेश खनाल , बुटवल लन टेनिस क्लबका अध्यक्ष गोपाल ज्ञवाली पुरस्कृत गरे ।

प्रदेशस्तरीय लन टेनिस हुदै
यसैबीच, प्रदेश नम्बर ५ को बुटवलमा प्रदेशस्तरीय लनटेनिस प्रतीयोगीताको तयारी सुरु भएको छ । बुटवल लन टेनिस क्लबका अध्यक्ष गोपाल ज्ञवालीले दिएको जानकारी अनुसार संसदीय र प्रदेशको निर्वाचन पछि प्रतियोगिता आयोजना हुने भएको छ । काठमाडौ र पोखरापछि पहिलो लन टेनिस कोर्ट बुटवलमा निर्माण भएकाले यहाँका टेनिस खेलाडी उत्साहित भएको ज्ञवालीले बताए ।
लन टेनिस सघं रुपन्देहीको सचिव समेत रहेका ज्ञवालीले स्थानीय स्तरका खेलाडीलाई प्राथमिकता दिन प्रतियोगिता आयोजना गर्न लागेको बताए ।

Success

Thank you for your time.