default_image

6 years ago

November 13, 2017

नेपाल एसियन जुनियर टेनिसमा नवौं स्थानमा

काठमाडौं (हाम्रो खेलकुद)– नेपालको जुनियर (यू १२) टेनिस टोली एसियाली राष्ट्रमध्ये नवौं स्थान रहन सफल भएको छ । आर्यन गिरी (१२ वर्ष), आरभ सम्राट हाडा (१०वर्ष ) र चिराग तिलिम्सिना (११वर्ष) सम्मिलित टोलीले बंगलादेशलाई हराएपछि काजकिस्तानमा शनिबार सम्पन्न आइटिएफ जुनियर एन्ड यू १२ च्याम्पियनसिपमा नवौं स्थान प्राप्त गरेको हो । छनोट चरण पार गरेका १२ […]

38 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपालको जुनियर (यू १२) टेनिस टोली एसियाली राष्ट्रमध्ये नवौं स्थान रहन सफल भएको छ । आर्यन गिरी (१२ वर्ष), आरभ सम्राट हाडा (१०वर्ष ) र चिराग तिलिम्सिना (११वर्ष) सम्मिलित टोलीले बंगलादेशलाई हराएपछि काजकिस्तानमा शनिबार सम्पन्न आइटिएफ जुनियर एन्ड यू १२ च्याम्पियनसिपमा नवौं स्थान प्राप्त गरेको हो ।

छनोट चरण पार गरेका १२ राष्ट्रले च्याम्पियनसिपमा भाग लिएका थिए । एसियामा टिम च्याम्पियनसिप पहिलो पटक आयोजना भएको हो । नेपाली टोली आज स्वदेश फर्कदैछ । मेमा काठमाडौंमा सम्पन्न छनोटमा शीर्ष वरियताको भारत र श्रीलंकालाई निराश पार्दै नेपाल बंगलादेशसँगै दक्षिण एसियाबाट एसियन जुनियर च्याम्पियनसिपका लागि छनोट भएको थियो ।

कृष्ण राज घलेको प्रशिक्षणमा रहेको नेपाली टोली समूह बीको पहिलो खेलमा कतारसँग ३–० को सोझो सेटमा पराजित भएको थियो । आरभले पहिलो खेलमा कतारका खेलाडी नाइफ मशारीसँग पहिलो सेट ६–१ ले जिते पनि दोस्रो र तेस्रो सेट गुमाएका थिए । त्यस्तै आर्यन नाइफ राशेदसँग ६–१, ६–० ले पराजित भएका थिए भने आर्यन र आरभ सम्मिलित नेपाली जोडी टोली कतारी जोडीसँग ६–१, ६–३ ले पराजित भएको थियो ।

नेपाल दोस्रो खेलमा कोरियासँग ३–०, हङकङसँग तेस्रो खेलमा २–१ र चौथो खेलमा आयोजक राष्ट्र काजाकिस्तानसँग पराजित भएको थियो । समूह चरणको अन्तिम खेलमा भने नेपालले मलेसियाको टोलीलाई २–१ ले हरायो । वरियताका लागि भएको खेलमा नेपालले बंगलदेशलाई बंगलादेशलाई ३–० ले हराएपछि नेपाल नवौं स्थानमा रहेको टोलीसँगै रहेका आरभका बाबु जीवन हाडाले हाम्रो खेलकुद डटकमलाई जानकारी दिए ।

काठमाडौंमा भएको छनोटमा नेपाल बंगलादेशसँग पराजित भएको थियो । आइटिएफका अनुसार नेपाल एसियाको नवौं तथा बंगलादेशलाई पराजित गर्दै दक्षिण एसियाको पहिलो स्थानमा रहेको थियो । प्रतियोगितामा ब्वाइज र गल्र्स दुवैतर्फको उपाधि जापानले जितेको थियो । छनोट चरण पार गरेका नेपालसँगै बंगलादेश, कतार, लेबनान, काजाकिस्तान, उज्वेकिस्तान, थाइल्यान्ड, मलेसिया, इन्डोनेसिया, जापान, हङकङ र दक्षिण कोरियाले ६ दिने प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए ।

Success

Thank you for your time.