default_image

6 years ago

December 13, 2017

अजारेन्काले अष्टे«लियन ओपन खेल्ने

मेलवर्न (एजेन्सी)– पूर्व विश्व नं १ महिला टेनिस खेलाडी भिक्टोरिया अजारेन्काले अष्टे«लियन ओपन टेनिस खेल्ने भएकी छिन् । वाइल्डकार्ड प्राप्त गरेपछि उले खेल्ने निश्चित भएको छ । क्यालिफोर्नियाका एक जना वकिलले अजारेन्का र उनको ११ महिनाका छोराको कानुनी मामला चलिरहेकोले क्यालिफोर्नियाबाट बाहिर जान प्रतिबन्ध लगाइएसँगै उनी टेनिस कोर्टबाट बाहिर रहेकी थिइन् । वाइल्डकार्ड पाएसँगै सन् […]

38 views

0 Bookmark

मेलवर्न (एजेन्सी)– पूर्व विश्व नं १ महिला टेनिस खेलाडी भिक्टोरिया अजारेन्काले अष्टे«लियन ओपन टेनिस खेल्ने भएकी छिन् । वाइल्डकार्ड प्राप्त गरेपछि उले खेल्ने निश्चित भएको छ । क्यालिफोर्नियाका एक जना वकिलले अजारेन्का र उनको ११ महिनाका छोराको कानुनी मामला चलिरहेकोले क्यालिफोर्नियाबाट बाहिर जान प्रतिबन्ध लगाइएसँगै उनी टेनिस कोर्टबाट बाहिर रहेकी थिइन् ।

वाइल्डकार्ड पाएसँगै सन् २०१२ र २०१३ की अष्टे«लियन ओपन विजेता वेलारुसकी अजारेन्काले आउँदो वर्षको अष्टे«लियन ओपन खेल्ने पाउने भएकी हुन् । छोराको हिरासत विवादका कारण २८ वर्षे अजारेन्कालाई गत वर्षको अमेरिकन ओपन र बेलारुस डेभिस कप फाइनलबाट हटाइएको थियो । टेनिसको विश्व वरियतामा १ सय २ औ स्थानका रहेकी अजारेन्काले पछिल्लो विम्बल्डन टेनिसयता कुनै पनि प्रतियोगिता खेलेकी छैनन् ।

‘मेलवनमा हुने अष्टे«लियन ओपन टेनिसमा सहभागिता जनाउन पाउदाँ म धैरै खुसी छ, जुन मेरो मनपर्ने प्रतियोगिता पनि हो’ , अजारेन्काले भनिन्, ‘मैले मेलवर्नमा २ वटा प्रतियोगिता जितिसकेको छु त्यसैले मैले जनवरीमा हुने प्रतियोगितालाई सहज रुपमा लिएको छु । ‘ अजारेन्काले आगामी वर्ष अकल्याण्डमा हुने डब्लुटिए प्रतियोगिताका लागि पनि वाइल्डकार्ड पाएकी छन् । अष्टे«लियन ओपन टेनिस आगामी जनवरी १५ बाट सुरु हुँदैछ ।

 

Success

Thank you for your time.