default_image

6 years ago

March 14, 2018

प्रनव र जितेन्द्र उपाधिनजक

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका प्रनभ खनाल र ललितपुरका जितेन्द्र परियार दशौं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिताको पुरुष एकलतर्फ उपाधिनजिक पुगेका छन् । आर्मीका प्रनवले पोखराका प्रदिप खड्कालाई ६–०, ४–६ र ७–५ ले तथा ललितपुरका जितेन्द्र परियारले ललितपुरकै सन्तोष खत्रीलाई ६–२ र ६–३ ले पराजित गर्दै उपाधिनजिक पुगेका हुन् । महिला एकलतर्फ नेपाल […]

39 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका प्रनभ खनाल र ललितपुरका जितेन्द्र परियार दशौं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिताको पुरुष एकलतर्फ उपाधिनजिक पुगेका छन् ।

आर्मीका प्रनवले पोखराका प्रदिप खड्कालाई ६–०, ४–६ र ७–५ ले तथा ललितपुरका जितेन्द्र परियारले ललितपुरकै सन्तोष खत्रीलाई ६–२ र ६–३ ले पराजित गर्दै उपाधिनजिक पुगेका हुन् ।

महिला एकलतर्फ नेपाल पुलिस क्लवकी मायांका राणाले त्रिभुवन आर्मी क्लबका इरा रावतलाई ७–५ र ६–४ ले तथा नेपाल पुलिस क्लवकै माहिका राणाले पोखराका गंगा शर्मालाई ६–० र ६–२ ले पराजित गरी फाइनलमा स्थान बनाए । पुरुष युगलतर्फ ललितपुरका सन्तोष खत्री र जितेन्द्र परियारको जोडी र आर्मीका प्रनभ खनालले फाइनलमा स्थान बनाए ।

३५ वर्षमाथि भेन्ट्रान्स एकलतर्फको उपाधि काठमाडौंका रोहित सुनुवारले हात पारे । यस्तै ६५ वर्षमाथि भेन्ट्रान्स एकलतर्फको उपाधि काठमाडौंका ज्ञानेन्द्रमान ताम्राकारले जिते । ५५ वर्षमाथि भेन्ट्रान्स एकलतर्फको उपाधि मकवानपुरका कमल थापाले जिते ।

Success

Thank you for your time.