default_image

5 years ago

January 24, 2019

नेपाली खेलाडी एटीएफ यू-१४ टुर वरियताको चौथो स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडी आरभसम्राट हाडा एसियाली टेनिस महासंघ (एटीएफ) को यू-१४ उमेर समुहको टुर वरियतामा चौथो स्थानमा पुगेका छन् । जनवरी २१ मा सार्वजनिक गरिएको वरियतामा आराभले चौथो स्थान हासिल गरेका हुन् । पछिल्लो समय उत्कृष्ट लयमा रहेका आरभले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । सन् २०१८ को अन्त्यतिर लगातार चार […]

39 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडी आरभसम्राट हाडा एसियाली टेनिस महासंघ (एटीएफ) को यू-१४ उमेर समुहको टुर वरियतामा चौथो स्थानमा पुगेका छन् । जनवरी २१ मा सार्वजनिक गरिएको वरियतामा आराभले चौथो स्थान हासिल गरेका हुन् ।

पछिल्लो समय उत्कृष्ट लयमा रहेका आरभले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । सन् २०१८ को अन्त्यतिर लगातार चार उपाधि जितेका आरभले सन् २०१९ को सरुवातमै आईटीएफ एसिया १४ एण्ड अन्डर डेभेलप्मेन्ट च्याम्पियनसिपको डिभिजन २ मा पाँचौ स्थान हासिल गरेपछी शीर्ष ४ अटाउन सफल रहे ।

आरभले २०१८ मा पाकिस्तानमा भएको नेमोज सुपर सिरिजको दुवै सर्किट र नेपालमा आयोजित ट्रेकर्स इन एटीएफको दुवै सर्किटमा उपाधि जितेका थिए ।

Success

Thank you for your time.