default_image

5 years ago

January 27, 2019

जोकोभिचलाई कीर्तिमानी सातौं अष्ट्रेलियन ओपन

मेलबर्न (एजेन्सी) – वर्षको पहिलो ग्रान्ड स्लाम अष्ट्रेलियन ओपनको उपाधि विश्व नम्बर १ नोभाक जोकोभिचले जितेका छन् । यससंगै उनले टेनिस इतिहासमै सबैभन्दा धेरै पटक अष्ट्रेलियन ओपन जित्ने कीर्तिमान राखेका छन् । रोड लेभर अरिनामा खेलिएको फाइनल खेलमा विश्व नम्बर २ राफायल नाडाललाई जोकोभिचले ६-३, ६-२, ६-३ को सोझो सेटमा पराजित गरे । खेलभरी नै […]

37 views

0 Bookmark


मेलबर्न (एजेन्सी) – वर्षको पहिलो ग्रान्ड स्लाम अष्ट्रेलियन ओपनको उपाधि विश्व नम्बर १ नोभाक जोकोभिचले जितेका छन् । यससंगै उनले टेनिस इतिहासमै सबैभन्दा धेरै पटक अष्ट्रेलियन ओपन जित्ने कीर्तिमान राखेका छन् ।

रोड लेभर अरिनामा खेलिएको फाइनल खेलमा विश्व नम्बर २ राफायल नाडाललाई जोकोभिचले ६-३, ६-२, ६-३ को सोझो सेटमा पराजित गरे । खेलभरी नै नियन्त्रणमा रहेका जोकोभिचको यो १५ औं ग्रान्ड स्लाम उपाधि पनि हो ।

यस उपाधिसंगै ३१-वर्षिय जोकोभिचभन्दा रोजर फेडेरर (२०) र नाडाल (१७) ले मात्र बढि ग्रान्ड स्लाम जितेका छन् । प्रतियोगिता सुरु हुन अघि ६-६ उपाधिका साथ फेडेरर र जोकोभिच सबैभन्दा बढि पटक अष्ट्रेलियन उपाधि जित्नेको सुचीमा अग्रस्थानमा बराबरीमा थिए ।

यस अघि जोकोभिचले २००८, २०११, २०१२, २०१३, २०१५ र २०१६ मा अष्ट्रेलियन ओपनको उपाधि जितेका थिए ।

Success

Thank you for your time.