default_image

5 years ago

April 10, 2019

लनटेनिस : आर्मी र एपीएफ फाइनलमा

बुटवल (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदअन्तर्गत १५ औं राष्ट्रिय लनटेनिस प्रतियोगिताको महिला टिम इभेन्टमा आर्मी र एपीएफ बुधबार फाइनलमा प्रवेश गरेका छन् । बुटवलमा भइरहेको प्रतियोगितामा आर्मीले प्रदेश ३ लाई ३–० तथा एपीएफले प्रदेश ४ लाई २–१ को सेटमा पराजित गरे । पुरुष टिम इभेन्टको दुवै सेमिफाइनल खराब प्रकाशका कारण स्थगित भयो । एनआरएनए […]

48 views

0 Bookmark

बुटवल (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदअन्तर्गत १५ औं राष्ट्रिय लनटेनिस प्रतियोगिताको महिला टिम इभेन्टमा आर्मी र एपीएफ बुधबार फाइनलमा प्रवेश गरेका छन् ।

बुटवलमा भइरहेको प्रतियोगितामा आर्मीले प्रदेश ३ लाई ३–० तथा एपीएफले प्रदेश ४ लाई २–१ को सेटमा पराजित गरे । पुरुष टिम इभेन्टको दुवै सेमिफाइनल खराब प्रकाशका कारण स्थगित भयो । एनआरएनए र आर्मी तथा एपीएफ र प्रदेश ४ बीचको सेमिफाइनल स्थगित भएको हो । एनआरएनए र आर्मीबीचको सेमिफाइनलमा दुवैले एक–एक सिंगल्समा जित हात पारेका छन् ।

डबल्समा भने आर्मीले पहिलो सेट ६–४ ले आफ्नो पक्षमा पारेको छ । त्यसैगरी अर्को सेमिफाइनलमा पनि एपीएफ र प्रदेश ४ ले एक–एक सिंगल्सको नतिजा आफ्नो पक्षमा परेका छन् । डबल्समा भने पहिलो सेट ५–५ को बरबरी अवस्थामा सकिएको छ ।

Success

Thank you for your time.