default_image

8 years ago

May 18, 2016

आठ वर्षमुनि मन्थन र प्रशंसा च्याम्पियन

मन्थन जोशी र प्रशंसा मोक्तानले तेश्रो नेपाल जुनियर खुला टेनिस प्रतियोगिता÷जेटीआईको यु–८ सिंगल्सको उपाधि बुधबार जितेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइज फाइनलमा मन्थनले सक्षमविक्रम शाहलाई १०–५ र १०–६ को सोझो सेटमा पराजित गरे । राजवीर प्रधान र शिवेन महर्जन संयुक्त रुपमा तेश्रो भए । गल्र्सको राउन्ड रोविन लिगको अन्तिम खेलमा प्रशंसाले नभिका श्रेष्ठलाई […]

49 views

0 Bookmark

मन्थन जोशी र प्रशंसा मोक्तानले तेश्रो नेपाल जुनियर खुला टेनिस प्रतियोगिता÷जेटीआईको यु–८ सिंगल्सको उपाधि बुधबार जितेका छन् ।

4

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइज फाइनलमा मन्थनले सक्षमविक्रम शाहलाई १०–५ र १०–६ को सोझो सेटमा पराजित गरे । राजवीर प्रधान र शिवेन महर्जन संयुक्त रुपमा तेश्रो भए ।

गल्र्सको राउन्ड रोविन लिगको अन्तिम खेलमा प्रशंसाले नभिका श्रेष्ठलाई १०–१ र १०–३ ले हराइन् र शीर्ष स्थान कब्जा गरिन् । तीन खेलाडी सहभागी यो स्पर्धामा नभिकाअघि प्रशंसाले सुप्रिया तामाङलाई १०–४ र १०–८ ले पन्छाएकी थिइन् । दोश्रो भएकी सुप्रियाले नभिकालाई १०–५ र १०–७ ले पाखा लगाइन् । दुवै खेल गुमाएकी नभिकाले तेश्रो स्थानमा चित्त बुझाइन् ।

दुवै स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेलाई अखिल नेपाल लनटेनिस संघका उपाध्यक्ष राजु श्रेष्ठले बुधबारै पुरस्कृत गरे ।

जुनियर लनटेनिस खेलाडीहरुको अभिभावक मिलेर आयोजना गरेको प्रतियोगिताको यु–९ गल्र्स सिंगल्समा प्रशंसा मोक्तान र इभा अधिकारी फाइनलमा प्रवेश गरे । प्रशंसाले समृद्धि श्रेष्ठलाई ४–२ र ५–४ (१०–४) तथा इभाले अमिना कोयोमुरालाई ४–१ र ४–० ले पाखा लगाए ।

त्यसै स्पर्धाको ब्वाइजमा प्रसिद्ध बस्नेत, प्रणव मानन्धर, सक्षमविक्रम शाह र राजवीर प्रधान सेमिफाइनलमा पुग्न सपल भए ।

यु–१६ ब्वाइज सिंगल्समा संरक्षकभूषण वज्राचार्यले श्रीयास अग्रवाललाई ६–१ र ६–१, सौरवराज पाण्डेले प्रवीण चौधरीलाई ६–० र ६–२, प्रणव खनालले अभिनव आचार्यलाई ६–० र ६–० तथा रेन्जन लामाले दीपेश केसीलाई ६–२ र ६–२ को सोझो सेटमा हराउदै सेमिफाइनलमा स्थान निश्चित गरे ।

यु–१० गल्र्स सिंगल्समा इभा अधिकारीले अभिसि शाहलाई ६–० र ६–० तथा समृद्धि श्रेष्ठले डिना भी. हिर्सुलान्डलाई ६–४ र ६–० ले पराजित गर्दै सेमिफाइनलमा पुगे ।

खुला ब्वाइज डबल्समा दाइ संरक्षकभूषण र भाइ सम्यकभूषण वज्राचार्य, अदित सुवेदी र सहर्षबहादुर चन्द, प्रणव खनाल र रेन्जन लामा तथा छविलाल रावत र विनय बटासको जोडी सेमिफाइनलमा पुग्न सफल भए ।

यु–१४ गल्र्स सिंगल्समा प्रभाणी प्रधानले एन्जल डंगोललाई २–६, ६–३ र ७–५, लुमु लामाले स्नेहा यादवलाई ६–४ र ६–३ तथा सिकुम अभिइङले प्रियंका चौधरीलाई ६–१ र ६–० ले पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । प्रेरणा कोइराला बाइ पाएर सेमिफाइनलमा पुगिन् ।

यु–१२ गल्र्स सिंगल्समा ओशिन राई र मन्दिरा आले मगरले आ–आफ्नो प्रतिद्वन्द्वीलाई पाखा लगाउदै क्वाटरफाइनल यात्रा तय गरे ।

Success

Thank you for your time.