default_image

8 years ago

September 14, 2016

अभिलाषा र प्रेरणा सेमिफाइनलमा

नेपालका अभिलाषा विष्ट र प्रेरणा कोइराला केशा ग्रुप एएनएलटीए एसियन जुनियर टुर यु–१४ ¥याङकिङ टुर्नामेन्टअन्तर्गत सर्किट २ को गल्र्स सिंगल्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । उनीहरुसंगै सर्किट १ की विजेता नेपालकी इरा रावत र नेपालकै सलोनी तामाङ पनि सेमिफाइनलमा पुगे । सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको क्वाटरफाइनलमा अभिलाषाले नेपालकी इशाश्री शाहलाई ६–१ र ६–४, प्रेरणाले […]

43 views

0 Bookmark

नेपालका अभिलाषा विष्ट र प्रेरणा कोइराला केशा ग्रुप एएनएलटीए एसियन जुनियर टुर यु–१४ ¥याङकिङ टुर्नामेन्टअन्तर्गत सर्किट २ को गल्र्स सिंगल्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । उनीहरुसंगै सर्किट १ की विजेता नेपालकी इरा रावत र नेपालकै सलोनी तामाङ पनि सेमिफाइनलमा पुगे ।

5(1)

सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको क्वाटरफाइनलमा अभिलाषाले नेपालकी इशाश्री शाहलाई ६–१ र ६–४, प्रेरणाले भारतकी लक्षण्या विश्वनाथलाई १–६, ६–४ र ७–५, इराले नेपालकी स्नेहा यादवलाई ६–० र ६–० तथा सलोनीले नेपालकी अल्शा रेग्मीलाई ७–६ र ६–१ को सेटमा पराजित गरे ।

ब्वाइज सिंगल्समा नेपालका आदित सुवेदीले भारतका श्रीकान्त ठाकुरलाई ७–५ र ६–२, सर्किट १ का विजेता भारतका अर्नभ पठाङ्गेले इभेक जोशीलाई ६–० र ६–०, नेपालका आर्यन गिरीले नेपालका सहर्ष चन्दलाई ६–४, १–६ र ६–२ तथा नेपालका सम्यकभूषण वज्राचार्यले नेपालका ग्रिजेशमान श्रेष्ठलाई ६–१ र ६–० को सेटमा हराउदै सेमिफाइनलमा स्थान पक्का गरे ।

ब्वाइज डबल्समा भारतका अर्नभ र एम्बिसएस गोल्डस्मिथको जोडीले नेपालका इभेक जोशी र समराज्ञ कट्वालको जोडीलाई ६–० र ६–० तथा नेपालका सहर्ष र आदितको जोडीले भारतका शशिकान्त र श्रीकान्तको जोडीलाई ६–२ र ६–२ को सोझो सेटमा पाखा लगाउदै उपाधि भिडन्त पक्का गरे ।

गल्र्स डबल्समा नेपालका अभिलाषा र इराको जोडीले नेपालका अल्शा र सलोनीको जोडीलाई ६–१ र ६–० तथा भारतकी लक्षण्या र नेपालकी प्रेरणको जोडीले नेपालका इशा र रायनाको जोडीलाई ६–० र ६–० को सीधा सेटमा पन्छ्याउदै फाइनलमा स्थान पक्का गरे ।

Success

Thank you for your time.