default_image

8 years ago

October 17, 2016

मायांका र इरा डब्लुटिए रोड टु सिंगापुर लनटेनिसमा प्रतिस्पर्धा गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – डब्लुटीए रोड टु सिंगापुरमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली लनटेनिस टोली सोमबार सिंगापुर प्रस्थान गरेको छ । सोमबार सुरु भएको प्रतियोगितामा मायांका राणाले यु–१६ तथा इरा रावतले यु–१४ उमेरसमूहको महिला एकलमा प्रतिस्पर्धा गर्नेछन् । मे १ र २ तारिखमा भएको छनोट प्रतियोगिताबाट मायांका र इरा पहिलो स्थानमा रहँदै रोड […]

43 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – डब्लुटीए रोड टु सिंगापुरमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली लनटेनिस टोली सोमबार सिंगापुर प्रस्थान गरेको छ । सोमबार सुरु भएको प्रतियोगितामा मायांका राणाले यु–१६ तथा इरा रावतले यु–१४ उमेरसमूहको महिला एकलमा प्रतिस्पर्धा गर्नेछन् ।

1-9

मे १ र २ तारिखमा भएको छनोट प्रतियोगिताबाट मायांका र इरा पहिलो स्थानमा रहँदै रोड टु सिंगापुरका लागि छनोट भएका थिए । कृष्णराज घले टोलीको प्रशिक्षक हुन् । प्रशिक्षक घलेका अनुसार मायांका र इराको स्पर्धामा २०–२० खेलाडी सहभागी रहनेछन् । २० खेलाडीलाई चार समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइनेछ । समूहको शीर्ष स्थानमा रहने खेलाडी सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
प्रतियोगितामा नेपालसहित सिंगापुर, अस्ट्रेलिया, चीन, चाइनिज ताइपेईं, हङकङ, इन्डोनेसिया, जापान, दक्षिण कोरिया, मलेसिया, न्युजिल्यान्ड, फिलिपिन्स, श्रीलंका, थाइल्यान्ड, उज्वेकिस्तान, भियतनाम र प्यासिफिक ओसिएना क्षेत्रका खेलाडीको सहभागिता रहने बताइएको छ ।
टोलीलाई नेपाल ओलम्पिक कमिटीकी उपाध्यक्ष समेत रहेकी अखिल नेपाल लनटेनिस संघकी अध्यक्ष ज्योति राणाले सातदोबाटोमा सोमबार बिदाइ गरिन् ।

Success

Thank you for your time.