1 month ago
October 28, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- नेपालगन्ज राष्ट्रिय खुला पौडी च्याम्पियनसिपको दोस्रो संस्करणको तयारी तीव्र गरिएको छ ।
प्रतियोगितामा सहभागिताको लागि सोमवार सम्म १ सय भन्दाबढी खेलाडीले नामदर्ता गराईसकेको आयोजक नेपालगन्ज स्विमिङ क्लबले जानकारी दिएको छ । प्रतियोगिता नेपालगन्ज रंगशाला स्थित पौडी पोखरीमा कात्तिक १४ र १५ गते हुँदैछ ।
प्रतियोगिताको व्यवस्थापकीय तयारीको लागि नेपाल पौडी संघका प्राविधिक टोलीले सोमवार नेपालगन्ज पौडी पोखरीको निरीक्षण गरे । प्राविधिक टोलीमा विष्णु खड्का, अनिष महर्जन, दिपक सागर सिंह छन् ।

प्रतियोगिताले नेपालगन्जमा पौडी खेलाडीको संख्या र स्तरलाई समेत बढाउन सहयोग गर्ने विश्वास लिएको आयोजक नेपालगन्ज स्वीमिङ क्लबका अध्यक्ष केशवराज न्यौपानेले बताए।
प्रतियोगितामा यु–८, यु–१०, यु–१२, यु–१४, यु–१७ र अतिरिक्त उमेर समुहमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सर्वोत्कृष्ट हुने पुरुष र महिला खेलाडीलाई पुरस्कार दिइनेछ व्यवस्था गरिएको छ ।
प्रतियोगितामा यु–८ समुहका खेलाडीले २५ मिटर, यु–१० उमेर समुहले ५० मिटर, यु–१२ र यु–१४ उमेर समुहले ५० र १ सय मिटर तथा खुला समुहका खेलाडीले २ सय मिटर र ४ सय मिटरको इभेन्ट्समा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा ५६ वटा इभेन्ट्स समावेश गरिएको पौडी आयोजक क्लबका वरिष्ठ उपाध्यक्ष सूर्यमणी अधिकारीले बताए ।
नेपाल पौडी संघसँग सहकार्य गरेर आयोजना गर्न लागिएको प्रतियोगितामा नेपालगन्ज न्युरो अस्पताल, सिद्र्धाथ बैंक, जस्मिन पेन्ट्स, क्रिष्टिलो वाटर, वाल्किन र डटवर्कले सहयोग गरेका छन् ।
September 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली एक्वेटिक्स च्याम्पियनसिपको ११ औं संस्करणमा सहभागी हुन १६ खेलाडीसहित २३ सदस्यीय नेपाली पौडी टोली शुक्रवार भारतको अहमदाबाद जाने भएको छ । सेप्टेम्बर २८ देखि अक्टोबर ११ तारिखसम्म हुने प्रतियोगितामा ११ पुरुष र ५ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा अविर प्रधान, आरोन भण्डारी, असिम भण्डारी, कल्किन श्रेष्ठ, अल्भिन […]
August 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पौडी खेलाडीलेरो मानियाको ओटोपेनीमा हुने विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा भाग लिने भएको छ। २ पुरुष खेलाडीसहित ४ सदस्यीय नेपाल पौडी टोली शुक्रबार त्यसतर्फ जाने भएको छ । अगष्ट १५ देखि २१ तरिखसम्म हुने प्रतियोगितामा नेपाल नम्बर वान इर्भिन श्रेष्ठ र प्रारम्भ भण्डारीले प्रतिस्पर्धा गर्ने छन् । इर्भिनले ५० मिटर फ्रिस्टायल र […]
July 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- टुसाल मल्टी भेन्युको आयोजनामा चौथो विद्यालयस्तरीय पौडी प्रतियोगिता यसै साता हुने भएको छ । शनिवार हुने प्रतियोगितामा विभिन्न २९ स्पर्धामा १ सय ५० खेलाडीको सहभागिता रहने आइतवार आयोजित पत्रकार सम्मेलनमा मल्टी भेन्युका अपरेसन प्रबन्धक विशाल खड्काले जानकारी गराए । विगतका संस्करण सिनियर/जुनियरमा प्रतिस्पर्धा भएकोमा यो संस्करणदेखि विभिन्न उमेरसमूहमा खेल हुनेछ । नेपाल […]