default_image

एजेन्सी – आयरल्यान्ड र स्कटल्यान्डले आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकपमा स्थान बनाएका छन् । आइसिसी टि२० विश्वकप युरोप क्षेत्र छनोटमा घरेलु टोली स्कटल्यान्ड र आयरल्यान्ड शीर्ष दुईमा रहँदै विश्वकपमा स्थान पक्का गरेका हुन् ।

स्कटल्यान्डले डेनमार्कलाई ३३ रनले हराउँदै विश्वकपमा स्थान पक्का गर्यो स्कटल्यान्ड ५ खेलमा १० अंकका साथ शीर्ष स्थानमा रहँदै विश्वकपमा पुगेको हो । आयरल्यान्ड र स्कटल्यान्डबीच शुक्रबार खेल हुनेछ ।

उक्त खेलको नतिजाले प्रतियोगिता विजेता निर्धारण गर्नेछ । जमर्नीसँगको खेल रद्द भएसँगै आयरल्यान्ड विश्वकप खेल्ने पक्का भएको थियो । आयरल्यान्ड ५ खेलमा ४ मा जितसहित ९ अंकका साथ दोस्रो स्थानमा छ ।

स्कटल्यान्डले टस हारेर पहिला ब्याटिङ गर्दै निर्धारित १८ ओभरमा ७ विकेटको क्षतिमा १ सय ५९ रन बनाएको थियो । स्कटल्यान्डका कप्तान रिची बेरिंग्टनले ३२ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ६० रन बनाए । जर्ज मुन्शेले १२, ओली हरिस १७, ब्रेन्डन म्याकमुलेनले १० र माइकल लिस्कले २० रन बनाए ।

डेनमार्कका निकोलज डामगार्डले ४ ओभरमा २३ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । सैफ अली अहमदले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए । जितको लागि १ सय ६० रनको विजयी लक्ष्य पछ्याएको डेनमार्कले निर्धारित १८ ओभरमा ७ विकेट गुमाउँदै १ सय २६ रन बनायो ।

डेनमार्कका कप्तान हामिद माजहर शाहले ४२ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ५६ रन बनाए । स्कटल्यान्डका ब्राड्ली कुरीले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । शफ्यान शरिफले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए । प्रतियोगितामा आयरल्यान्ड, स्कटल्यान्ड, डेनमार्क, जमर्नी, जर्सी, इटाली र अष्ट्रिया थिए ।

नेपालले पनि आगमी नोभेम्बरमा एसिया कप विश्वकप छनोट आयोजना गर्नेछ । प्रतियोगितामा नेपाल, युएई, हङकङ, ओमान, बहराइन, सिंगापुर र एसिया क्षेत्र छनोट ए र बी बाट आउने दुई टोली हुनेछन् । एसिया विश्वकप छनोटबाट शीर्ष दुई टोली विश्वकपमा पुग्नेछन् । नेपाल २०१४ पछि पहिलो पटक विश्वकप खेल्ने सोचमा हुनेछ ।

Success

Thank you for your time.