default_image

नेपाल र ओमानविच दुबईमा खेलिएको मैत्रीपुर्ण ५० ओभरको खेलमा नेपाल तिन विकेटले पराजित भएको छ|

टसका क्रममा नेपालका कप्तान पारस खड्का र ओमानका कप्तान सुल्तान अहमद

टसका क्रममा नेपालका कप्तान पारस खड्का र ओमानका कप्तान सुल्तान अहमद

पहिलो ब्याटिंग गर्दै १८४ रन बनाएको नेपाल निर्धारित ५० ओभर सकिन तिन बल बाकी रहदैं मा अल आउट भएको थियो| उपकप्तान ज्ञानेन्द्र मल्लले ७१ र कप्तान पारस खड्काले ४९ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्| ज्ञानेन्द्रले ११३ बलमा सात चौका सहित ७१ रन बनाएको थिए भने पारसले सात चौका प्रहर गर्दै ७५ बलमा ४९ रन बनाए| ओपनर सुबाश खकुरेल २ रन र नरेस बुढायर ९ रनमा पेभेलियन फर्केका थिए| चौथो विकेटका लागि पारस र ज्ञानेन्द्रले ७७ रन्को साझेदारी गरेका थिए| ओमानका लागि बिलाल खानले चार विकेट लिएका थिए भने खवर अलिले तिन विकेट लिए|

१८५ रनको लक्ष्य पाएको ओमानको लागि ओपनर जिशन मक्सुदले अर्धशतक प्रहर गर्दै राम्रो सुरुवात दिलाए| ४८.१ ओभरमै लक्ष्य पछ्याएको ओमानका मक्सुदले आठ चौका सहित ५२ बलमा ५२ रन प्रहार गरे| जतिन्दर सिंहले ७८ बलमा ४१ रन बनाउदै मध्यक्रम सम्हालेपछि ओमानको जितको ढोका खुलेको थियो| शक्ति गौचनले अन्त्यतिर तिन विकेट लिएर खेलमा फर्किने आशा जगाएपानी लाल्चेता र नदिमले आठौँ विकेटका लागि अविजित ३२ रनको साझेदारी गर्दै जित तर्फ डोर्याए|

खेलको फोटो फिचर हेर्न यहाँ थिच्नुहोस

Success

Thank you for your time.