default_image

रेडबुल राष्ट्रिय लिग अन्तर्गत आज भएको खेलमा थ्रि स्टारले ए.पि.एफ विरुद्ध ३-१को जित दर्ता गरेको छ|

Olawale Afeez

ओलावाले अफिजको पहिलो हाफको दुई गोलको मद्दतले थ्रि स्टारले उपाधि होडमा आफ्नो स्थान मजबुत बनाउन सफल रह्यो| अफिजले खेलको पाचौं मिनेटमा गोल गर्दै थ्रि स्टारलाई अग्रता दिलाएका थिए| विभागिय टोलीका अधिकाशं खेलाडीलाई पहिलो रोजाईमा उतारेको ए.पी.एफले २४औं मिनेटमा अफिज मार्फतमै दोश्रो गोल खायो|

पहिलो हाफमा केहि फितलो देखिएको ए.पि.एफले दोश्रो हाफमा  राम्रो सुरुवात गर्यो| कप्तान गणेश लावतिले काउन्टर अट्याकमा गोल गर्दै ५०औं मिनेटमा गोल फर्काए| खेलमा बारम्बार राम्रो मुभ बनाइरहेको ए.पि.एफलाई ६७औं मिनेटमा विजय गुरुङको गोलसंगै खेलमा फर्कन गाह्रो भयो| अन्तत त्यहि गोल अन्तिम साबित भयो र थ्रि स्टार उपाधिबाट एक अंक टाढा रह्यो|

मनाङ र आर्मीले पुलिस विरुद्ध जित हात पारेपनि थ्रि स्टारले अन्तिम खेलमा एक अंक हात पारे उपाधि जित्नेछ| थ्रि स्टार र आर्मीको खेलमा थ्रि स्टार हेड टु हेडमा अवे गोलका आधारमा अगाडी छ|

Success

Thank you for your time.