default_image

एन्फा कम्पलेक्सको एष्ट्रो टर्फमा खेलिएको राष्ट्रिय लिगको खेलमा चोटले सताएको सुदुरपश्चिमलाई मनाङ मर्स्यीङ्दि क्लबले ६-०ले पराजित गरेको छ|

ANil Gurung Man of the match Manang Marshyangdi club

झापा-११ लाई पछिल्लो खेलमा झापामै गएर १-१को बराबरीमा रोकेको सुदुरले यस खेलमा आफ्नो महत्वपुर्ण खेलाडिहरु चोटका कारण खेलाउन सकेन| आकाश थापा, अमित तामाङ, विरेन्द्र चन्द लगाएतका खेलाडी चोटका कारण खेल्न सकेनन् भने विमल घर्ति मगर र विदेशी खेलाडी लावल खेलेपनि राम्रो प्रदर्शन गर्न सकेनन्| डिफेन्डर अनन्त तामाङ डबल एल्लो कार्डका कारण यो खेलमा सामेल हुन सकेनन्|

खेल अवधिभर दवावमा रहेको सुदुरले खेलको सुरुवातमै पाएको अवसरको सदुपयोग गर्न सकेन| निलेश विष्टको प्रहारलाई गोलकिपर विशालले उत्कृष्ट बचाउ गरेका थिए|

मनाङले खेलको २७औं मिनेटमा रुपेश केसीको गोलबाट अग्रता लियो| पहिलो गोल भएको दश मिनेट नवित्दै मनाङले विशाल राई मार्फत दोश्रो गोल थप्यो| विशालले ३७औं मिनेटमा रिबाउन्डमा आएको बललाई छ यार्ड बक्सबाट गरेको प्रहार गोलमा परिणत भएको थियो| गोल गरेको केहि समय पश्चातनै विशालले मनाङको तेश्रो गोलमा योगदान दिए| उनको फ्रिकिक प्रहारलाई फरवार्ड डोडोजले फ्लिक हेडीङ गर्दै अतिरिक्त समयको तेश्रो मिनेटमा गोल गरे|

दोश्रो हाफ सुरु भएको दशौं मिनेटमा कप्तान अनिल गुरुङले गोल गर्दै मनाङलाई ४-० अघि बनाए| सुशील केसीले अफसाइड ट्र्याप विट गर्दै मिलाइदिएको पासमा अनिल गुरुङले खाली पोष्टमा गोल गरेका थिए| खेलको ५६औं मिनेटमा सुशील केसीलाई स्थानतरण गर्दै मैदान छिरेका दिपक राईले दुई गोल गरे| खेलको ६४औं र ९०+१औं मिनेटमा दिपक राईले गोल गरेका थिए|

Success

Thank you for your time.