4 years ago
August 15, 2021
मनसुधन थापामगर, बेलायत
मोना भलिबल क्लब युकेले बेलायतमै सबै भन्दा ठूलो धनराशी पुरस्कारको भलिबल प्रतियोगिता गर्ने भएको छ । बेलायतमै सबैभन्दा ठूलो धनराशी पुरस्कारसहित अगस्ट २८ तारिखका दिन प्रतियोगिता सम्पन्न हुने आयोजकले जानकारी दिएको हो ।
म्याग्दी प्रवासी नेपाली संघ (मोना) यूकेको आयोजना र मोना भलिबल क्लबको संयोजकत्वमा सम्पन्न हुने प्रतियोगिता रस्मुर सेन्ट्स फुटबल क्लब अल्डरसटमा हुनेछ । प्रतियोगितामा पुरुष, महिला र प्रौढ भलिबल प्रतियोगितामा प्रतिस्पर्धा हुने मोना युकेका अध्यक्ष दल जुग्जालीले जानकारी दिए ।
पुरुषतर्फ प्रथम पुरस्कार १५०० पाउण्डर दोस्रो पुरस्कार ८५० पाउण्ड तथा महिलातर्फ प्रथम पुरस्कार ६०० पाउण्ड र दोस्रो पुरस्कार ४०० पाउण्ड रहेको छ । त्यसैगरी ४० बर्ष भन्दा माथि उमेर समूहको प्रौढ भलबिल प्रतियोगिताको प्रथम पुरस्कार ८०० पाउण्ड र दोस्रो पुरस्कार ४०० पाउण्ड राखिएको छ । प्रतियोगितामा म्यान अफ दि म्याच र सर्वोत्कृष्ट खेलाडीलाई समेत पुरस्कृत गरिनेछ ।
पुरुष तर्फ १६ टिम, महिला तर्फ ७ टिम र प्रौढ तर्फ ९ टिम गरि जम्मा ३२ टिमको सहभागिता हुने बुझिएको रहेको छ । प्रायः जसो टिमले आफ्नो टिम दर्ता गराइसकेको र इच्छुक क्लबले अझै नाम टिपाउन सक्ने सचिव तारा गर्बुजाबाट जानकारी प्राप्त भएको छ ।
बेलायतमा नेपाली समाजमाझ निकै सफल रहेको मोना भलिबल क्लबले आगामी दिनहरुमा अझै राम्रो गर्न सक्ने क्षमता खेलाडीमा रहेको क्लबका प्रशिक्षक टेक बुढाथोकीको भनाइ छ ।
यसप्रकारका प्रतियोगिताहरुले बेलायतमा छरिएर रहेका म्याग्दी प्रवासी नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई आत्मियता बढाउने र म्याग्दीको संस्कार र संस्कृतिको संरक्षण गर्नेमा सहयोग पुर्याउने विश्वास नवनिर्वाचित एनआरएन युवा संयोजक तथा मोना भलिबल क्लब युकेका अध्यक्ष अनिल मल्लले राखे । उनले भलिबल खेलको माध्यमबाट आफ्नो जन्मथलो म्याग्दी जिल्लाको नाम पहिचान गराउने र प्रतिभा भएका खेलाडीहरुको कला, सिपको प्रर्दशन साथै एकता बलियो बनाउने जस्ता कुरामा सहयोग पुर्याउने बताउनुभयो ।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]