9 years ago
February 1, 2017
पोखरा (हाम्रो खेलकुद) – पश्चिमाञ्चलको फुटबल विकासमा मात्र होइन सामाजिक काममा पनि उत्तिकै सक्रिय पोखराको सहारा क्लबले गत साता सम्पन्न आहा रारा गोल्डकप फुटबल प्रतियोगिताका दौरान सहारा एकेडेमी अक्षय कोषका लागि मात्र २४ लाख रुपैयाँ भन्दा बढी संकलन गरेको छ ।

क्लबले अक्षय कोषका लागि मात्र २४ लाख ३६ हजार ४ सय ३८ रुपैया संकलन भएको छ जनाएको छ । अध्यक्ष कोषका लागि सहारा युकेबाट ५ लाख २५ हजार, पोखरा ११ चापापानीका टिका बहादुर कार्की एवं परिवारबाट ३ लाख एक हजार, द मुग्लान फाउण्डेशन अष्ट्रेलिया (राजमान थकाली सहारा अष्ट्रेलीया अध्यक्ष) बाट ३ लाख ५० हजार रुपैयाँमा प्रदान गरिएको थियो ।
त्यसै गरी पोखरा बुद्धचोक निवासि सुनिल गुरुङबाट एक लाख १ हजार १ सय १५, एनआरएन युकेका अध्यक्ष मुछेत्र गुरुङबाट एक लाख, वेलायतकै कृष्ण गुरुङबाट ५० हजार ८ सय, स्याङजा दरौ हाल पोखरा निवासि मेजर लक्ष्मी प्रसाद गुरुङबाट एक लाख १ हजार १ सय ११, तमु धिँ नेपालका अध्यक्ष कर्म गुरुङले एक लाख १ सय ११, वेलायतका थमन कुमार श्रेष्ठले ५० हजार ३ सय, वेलायतकै कुसाङ/पन्च गुरुङबाट ५१ हजार, पोखरा चापापानी हाल वेलायत रहेका लालकाजी/रिमा गुरुङले ५० हजार रुपैयाँ अक्षय कोषलाई प्रदान गरेका थिए ।
त्यस्तै तनहुँ खैरेनीटार हाल अष्ट्रेलीया सिड्नीका राम श्रेष्ठबाट ५१ हजार, पोखरा रामबजार हाल अमेरीका वस्दै आएका भिमसेन श्रेष्ठबाट ५० हजार, पोखरा हाल वेलायत रहेका सहारा युकेका अध्यक्ष मिन बहादुर गुरुङबाट ५० हजार, वेलायतमा रहेका हरि कुमार श्रेष्ठ, वाल कृष्ण गुरुङ, ग्याम बहादुर गुरुङ, पोखरा नयाँगाँउ हाल वेलायतबाट महेश/रिता गुरुङ, वेलायतका मिन प्रसाद /पेमा गुरुङ, रविन्द्र गुरुङ, वेलायतका ज्ञानकाजी गुरुङ, वेलायतकै भोज गुरुङ, खेम गुरुङले जनही ५० हजार रुपैयाँ प्रदान गरेका थिए ।
कास्की समाज जापानबाट पुर्व राष्ट्रिय खेलाडी वसन्त गौचन र अमृत आचार्यले ३० हजार, पोखरा बुद्धचोकका हरिशकुमार गुरुङले २५ हजार एक, पोखरा ९ बसपार्क हाल दुवईमा रहेका अर्जुन कुमार गुरुङले १० हजार, पोखरा बसपार्कका बिशाङक रानाबाट १० हजार, पोखरा घारीपाटन हाल कोरिया निवासि खोम बहादुर गुरुङबाट १० हजार सयहोग प्राप्त भएको छ । सहारा एकेडेमीमा चेन्जीङ रुम निमार्ण गर्न समाजसेवी एवं कानुन व्यवसायी हाल हङकङ निवासी देव गुरुङले २ लाख ५१ हजार रुपैया आर्थिक सहयोग गरेका हुन् ।
सहारा एकेडेमीको अक्षयकोषमा हालसम्म करीब एक करोड २५ लाख जम्मा भईसकेको क्लबका अध्इक्ष वीरभन्द्र आचार्यले बताए । क्लबद्धारा संञ्चालित कठिन परिस्थिति एवँ विपन्न वर्गका बालकहरु सम्मिलित १६ जिल्लाका २८ जना बालकहरुलाई निशुल्क शिक्षा दिक्षा, स्वास्थ्य, फुटबल प्रशिक्षण गराइदैछ । एकेडेमी सञ्चालनका लागि क्लबले निर्वतमान अध्यक्ष विक्रम थकाली संयोजक अलग्गै समिति पनि गठन गरेको छ ।
सहाराको आयोजनामा गत साता सम्पन्न १५ औं आहा रारा गोल्डकपको उपाधि लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीले जितेको थियो ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]